भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

अष्ट्रेलियामा कोरोनाका कारण मृत्युदर अझै पनि औसतभन्दा बढी

अष्ट्रेलियामा कोरोनाका कारण मृत्युदर अझै पनि औसतभन्दा बढी

काठमाडौं । अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको पाइएको छ । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ मा कोभिडका कारण अष्ट्रेलियामा अनुमान गरिएको भन्दा पाँच प्रतिशत बढी मानिसको ज्यान गएको पत्ता लागेको हो ।

अनुसन्धानबाट विज्ञहरूले कोभिडको कारणले ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या मापन गरी अतिरिक्त मृत्युदर अझै महामारीपूर्वको स्तरभन्दा बढी रहेको जनाएका हुन् । उनीहरूले कोभिडको प्रभाव आउँदो वर्षहरुमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोभिडको नियमित उपचार तथा नियन्त्रण नगरिएकोले उच्च मृत्यु दरको सामना गर्नुपरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.