काठमाडौं । पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिवर्तन हुँदा ४३ जनाको ज्यान गएको छ । ३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा विवाद हुँदा अरु एक सय ५० भन्दा धेरै मानिस घाइते भएका छन् । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो ।
अधिकारीहरुकाअनुसार ६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ । दशकौँदेखि भइरहेको कृषि भूमि विवादमा वार्ता गरिरहेको परिषद्मा एकजनाले गोली चलाएपछि साम्प्रदायिक हिंसा शुरू भएको हो ।
सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच गएको बुधवारदेखि हिंसा भइरहेको बीबीसी हिन्दिले जनाएको छ । त्यहाँको सरकारी अधिकारीकाअनुसार हिंसामा सबैभन्दा धेरै अल्पसङ्ख्यक सम्प्रदायको रहेका छन् । कुर्रम पूर्व सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा भएपनि सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा विलय भएको थियो । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
गाजा, एजेन्सी, २७ असार। इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा ज्यान गुमाउने पत्रकारको संख्या २२९ पुगेको छ। पछिल्लो पटक प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु...
एजेन्सी, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पछिल्लो २४ घण्टामा दोस्रो पटक ह्वाइट हाउसमा भेटवार्ता भएको छ। मंगलबार साँझ करीब एक घण्टाभन्दा बढी...
वासिङ्टन डीसी, २४ असार । अमेरिकाको टेक्सास राज्यस्थित ग्वाडालुप नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०० भन्दा बढीको मृत्यु भएको छ भने ३० भन्दा बढी अझै बेपत्ता छन्। शुक्रबार...
वाशिङ्टन, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेटवार्ता हुँदैछ। यो भेट गाजा क्षेत्रमा करिब २१ महिनादेखि जारी द्वन्द्व अन्त्यतर्फ आशाको किरणको रूपमा...