भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

अष्ट्रेलिया-इरान सम्बन्धमा संकटः तेहरानस्थित राजदूतावास अनिश्चितकालका लागि बन्द

अष्ट्रेलिया-इरान सम्बन्धमा संकटः तेहरानस्थित राजदूतावास अनिश्चितकालका लागि बन्द

एजेन्सी, असार ६ – इरानमा लगातार बिग्रँदो सुरक्षा अवस्थाको कारण अष्ट्रेलियाले तेहरानस्थित आफ्नो राजदूतावास अनिश्चितकालका लागि बन्द गरेको छ।अष्ट्रेलियाकी विदेशमन्त्री पेन वङले हालको परिस्थितिमा कन्सुलर सेवा सञ्चालन असम्भव भएकाले यस्तो निर्णय गर्नुपरेको जानकारी दिइन्।

दूतावास बन्दसँगै अष्ट्रेलियाले तेहरानमा कार्यरत आफ्ना सबै अधिकारी र तिनका परिवारलाई तुरुन्तै इरान छाड्न निर्देशन दिएको छ। यद्यपि, अष्ट्रेलियाका राजदूत भने तत्कालका लागि तेहरानमै रहनेछन्। इरानमा हाल करिब १,५०० अष्ट्रेलियाली नागरिक रहेका छन्।

उता इजरायल र इरानबीचको तनाव मिसाइल आक्रमणमा परिणत भएको छ। इरानबाट भएको आक्रमणमा इजरायलका दुई प्रमुख अस्पताल बन्द भएका छन् भने इजरायलले इरानका विभिन्न परमाणु केन्द्रहरूमा लक्षित प्रहार गर्दै आएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका आधाभन्दा बढी परमाणु संरचना ध्वस्त पारिएको दाबी गरेका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति तथा पुनः राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सम्भावित कारबाहीबारे आगामी हप्तामात्र निर्णय लिने बताएका छन्। ट्रम्पको तर्फबाट ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले इरानसँग वार्ताको विकल्प अझै खुला रहेको उल्लेख गरेकी छिन्।

मध्यपूर्वमा चुलिँदो यो संकटले कूटनीतिक समीकरणलाई झन् अस्थिर बनाएको विश्लेषकहरूको भनाइ छ। अष्ट्रेलियाको कदमले पश्चिमी मुलुकहरू इरानप्रति कत्तिको असहज भइरहेका छन् भन्ने सन्देश दिएको छ।

 


Thali Mobile Pvt.Ltd.