भर्खरै : Sorry, your browser does not support inline SVG.
डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप | कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब | अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा | काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने | ट्रक दुर्घटना हुँदा कालीकोटमा एक जनाको मृत्यु | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी | चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे | नेपालमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति |

तीन कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज

तीन कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज image

काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटिएल) म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज भएको छ । नविकरण नगरेकाले नेपाल दूरसञ्चार प्राधिकरणले युटिएलसहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको हो ।

युटिएलले २०६० कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए ।
अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्नेमा ती कम्पनीहरुले गरेका थिएनन् ।

कम्पनीहरुलाई नियमानुसार बुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन प्राधिकरणले निर्देशन दिएको छ । नबुझाएमा प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ ।

यी तीन वटै सेवा प्रदायक कम्पनीहरुले तोकिएको समय अवधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda