भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तीन कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज

तीन कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज

काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटिएल) म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज भएको छ । नविकरण नगरेकाले नेपाल दूरसञ्चार प्राधिकरणले युटिएलसहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको हो ।

युटिएलले २०६० कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए ।
अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्नेमा ती कम्पनीहरुले गरेका थिएनन् ।

कम्पनीहरुलाई नियमानुसार बुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन प्राधिकरणले निर्देशन दिएको छ । नबुझाएमा प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ ।

यी तीन वटै सेवा प्रदायक कम्पनीहरुले तोकिएको समय अवधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.