भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

विरामीले सेती नदीमा हाम फालेको हुनसक्ने अनुमान सहित सेती नदीको ड्याम खोलिने

विरामीले सेती नदीमा हाम फालेको हुनसक्ने अनुमान सहित सेती नदीको ड्याम खोलिने

काठमाडौं । सेती नदीको ड्याम खोलिने भएको छ । पोखरामा बेपत्ता बिरामीको खोजी गर्न उक्त ड्याम खोलिने भएको हो । बिरामी भएर संगम मिश्र उपचारका लागि मणिपाल अस्पतालमा भर्ना भएका थिए । इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला अस्पतालबाट बेपत्ता भएका थिए ।

सोमबार साँझदेखि पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका १९ वर्षीय मिश्रलाई खोज्न सेती नदीको ड्याम खोलिने प्रहरीले जनाएको छ । उनको खोजी गर्न ड्याम खोल्नुपर्ने भएकाले प्रहरीले दिउँसो १२ बजेदेखि ४ बजेसम्म ड्यामभन्दा तलका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

उनको खोजी गर्ने क्रममा मणिपाल अस्पतालबाट नदिपुरतर्फ जाने झोलुङ्गे पुलमा संगमले लगाएको कपडा र परिचयपत्र भेटिएपछि सेती नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.