भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

बडिगाड–मालारानी जोड्ने मोटरेबल पुल सञ्चालनमा, स्थानीयलाई सहज

बडिगाड–मालारानी जोड्ने मोटरेबल पुल सञ्चालनमा, स्थानीयलाई सहज

बागलुङ, २७ बैशाख  ।  बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठे र वडा नम्बर ९ को मालारानीलाई जोड्ने नयाँ मोटरेबल पुल सञ्चालनमा आएको छ। पाँच वर्षअघि निर्माण थालिएको यो पुल गत महिना अन्तिम परीक्षणपछि सवारी आवागमनका लागि खुला गरिएको हो।

पुल सञ्चालनमा आएपछि मालारानी, राजकुट, प्यूठान, गुल्मी हुँदै मध्यपहाडी लोकमार्गसम्मको आवागमन सहज बनेको छ। यसले राष्ट्रिय गौरवको आयोजनासँग स्थानीय सडक सञ्जाललाई पनि जोडेको छ। सडक डिभिजन कार्यालय बागलुङले २०७७ कात्तिक २७ मा करिब ७ करोड ६६ लाख रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का दिएको थियो। २०७९ फागुनसम्ममा सम्पन्न गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण निर्माण तीन वर्षपछि मात्र सम्पन्न भएको डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए।

पुल निर्माणसँगै मालारानी क्षेत्र हुँदै राजकुट–हर्पे–देवीस्थान रोल्पा, रुकुम र जाजरकोटतर्फको यातायात पनि थप सहज बनेको छ। स्थानीय कृषक प्रेमबहादुर केसीका अनुसार, पुल नहुँदा उत्पादन बजारमा लैजान ठूलो कठिनाइ थियो। “अब डोकोमा फलफूल, तरकारी बोक्नु पर्ने बाध्यता हटेको छ,” उनले भने।

 


Thali Mobile Pvt.Ltd.