भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बडिगाड–मालारानी जोड्ने मोटरेबल पुल सञ्चालनमा, स्थानीयलाई सहज

बडिगाड–मालारानी जोड्ने मोटरेबल पुल सञ्चालनमा, स्थानीयलाई सहज

बागलुङ, २७ बैशाख  ।  बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठे र वडा नम्बर ९ को मालारानीलाई जोड्ने नयाँ मोटरेबल पुल सञ्चालनमा आएको छ। पाँच वर्षअघि निर्माण थालिएको यो पुल गत महिना अन्तिम परीक्षणपछि सवारी आवागमनका लागि खुला गरिएको हो।

पुल सञ्चालनमा आएपछि मालारानी, राजकुट, प्यूठान, गुल्मी हुँदै मध्यपहाडी लोकमार्गसम्मको आवागमन सहज बनेको छ। यसले राष्ट्रिय गौरवको आयोजनासँग स्थानीय सडक सञ्जाललाई पनि जोडेको छ। सडक डिभिजन कार्यालय बागलुङले २०७७ कात्तिक २७ मा करिब ७ करोड ६६ लाख रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का दिएको थियो। २०७९ फागुनसम्ममा सम्पन्न गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण निर्माण तीन वर्षपछि मात्र सम्पन्न भएको डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए।

पुल निर्माणसँगै मालारानी क्षेत्र हुँदै राजकुट–हर्पे–देवीस्थान रोल्पा, रुकुम र जाजरकोटतर्फको यातायात पनि थप सहज बनेको छ। स्थानीय कृषक प्रेमबहादुर केसीका अनुसार, पुल नहुँदा उत्पादन बजारमा लैजान ठूलो कठिनाइ थियो। “अब डोकोमा फलफूल, तरकारी बोक्नु पर्ने बाध्यता हटेको छ,” उनले भने।

 


Thali Mobile Pvt.Ltd.