भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

शिक्षक महासंघले भन्याे: २९ दिने हड्तालको शैक्षिक क्षति बिदामा पूर्ति गर्नु

शिक्षक महासंघले भन्याे: २९ दिने हड्तालको शैक्षिक क्षति बिदामा पूर्ति गर्नु

काठमाडौं, २७ बैशाख । नेपाल शिक्षक महासंघले २९ दिन लामो शैक्षिक हड्तालका कारण परेको शैक्षिक क्षतिको पूर्ति गर्न विद्यालयलाई हिउँदे वा बर्खे बिदामा व्यवस्था गर्न अनुरोध गरेको छ। महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विद्यालय प्रमुख र शिक्षकहरूलाई उक्त अनुरोध गरेको हो।

यस अघि, महासंघले विद्यालय शिक्षा ऐनको माग गर्दै माघ २० गतेदेखि ८९ दिन लामो शिक्षक-कर्मचारी आन्दोलन गरेको थियो। २९ दिनसम्म राजधानी काठमाडौंमा शान्तिपूर्ण शैक्षिक सडक आन्दोलनका कार्यक्रमहरू सम्पन्न भएका थिए।

आन्दोलनका कारण विद्यालयमा पठनपाठन र भर्ना प्रक्रियामा अवरोध आउनुका साथै विद्यार्थीहरूको शैक्षिक हानि भएको थियो। यसलाई मध्यनजर गर्दै महासंघले सबै विद्यालय प्रमुख र शिक्षककर्मचारीहरूलाई अनुरोध गर्दै भनेको छ कि हिउँदे या बर्खे बिदामा उक्त क्षतिको पूर्ति गर्न सकिन्छ।

आन्दोलनका क्रममा उठेका मागहरूमा सहमति प्राप्त भएपछि सरकारबाट कार्यान्वयन प्रक्रिया सुरु गरिएको र विद्यालय शिक्षा विधेयकलाई असार १५ गते भित्र प्रतिनिधि सभाबाट पारित गरिने आश्वासन दिइएको महासंघले जनाएको छ। यसले आन्दोलनलाई सफल र सकारात्मक मानिएको महासंघको ठहर छ।

शिक्षक महासंघको नयाँ प्रस्ताव: २९ दिने हड्तालको शैक्षिक क्षति बिदामा पूर्ति गर्न अनुरोध

 


Thali Mobile Pvt.Ltd.