भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

शिक्षक महासंघले भन्याे: २९ दिने हड्तालको शैक्षिक क्षति बिदामा पूर्ति गर्नु

शिक्षक महासंघले भन्याे: २९ दिने हड्तालको शैक्षिक क्षति बिदामा पूर्ति गर्नु

काठमाडौं, २७ बैशाख । नेपाल शिक्षक महासंघले २९ दिन लामो शैक्षिक हड्तालका कारण परेको शैक्षिक क्षतिको पूर्ति गर्न विद्यालयलाई हिउँदे वा बर्खे बिदामा व्यवस्था गर्न अनुरोध गरेको छ। महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विद्यालय प्रमुख र शिक्षकहरूलाई उक्त अनुरोध गरेको हो।

यस अघि, महासंघले विद्यालय शिक्षा ऐनको माग गर्दै माघ २० गतेदेखि ८९ दिन लामो शिक्षक-कर्मचारी आन्दोलन गरेको थियो। २९ दिनसम्म राजधानी काठमाडौंमा शान्तिपूर्ण शैक्षिक सडक आन्दोलनका कार्यक्रमहरू सम्पन्न भएका थिए।

आन्दोलनका कारण विद्यालयमा पठनपाठन र भर्ना प्रक्रियामा अवरोध आउनुका साथै विद्यार्थीहरूको शैक्षिक हानि भएको थियो। यसलाई मध्यनजर गर्दै महासंघले सबै विद्यालय प्रमुख र शिक्षककर्मचारीहरूलाई अनुरोध गर्दै भनेको छ कि हिउँदे या बर्खे बिदामा उक्त क्षतिको पूर्ति गर्न सकिन्छ।

आन्दोलनका क्रममा उठेका मागहरूमा सहमति प्राप्त भएपछि सरकारबाट कार्यान्वयन प्रक्रिया सुरु गरिएको र विद्यालय शिक्षा विधेयकलाई असार १५ गते भित्र प्रतिनिधि सभाबाट पारित गरिने आश्वासन दिइएको महासंघले जनाएको छ। यसले आन्दोलनलाई सफल र सकारात्मक मानिएको महासंघको ठहर छ।

शिक्षक महासंघको नयाँ प्रस्ताव: २९ दिने हड्तालको शैक्षिक क्षति बिदामा पूर्ति गर्न अनुरोध

 


Thali Mobile Pvt.Ltd.