बागलुङमा पहिरोको कहर : तीन दिनमा १२ जनाको मृत्यु, एक बेपत्ता

बागलुङमा पहिरोको कहर : तीन दिनमा १२ जनाको मृत्यु, एक बेपत्ता

बागलुङ,  १३ । अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण बागलुङमा तीन दिनमा १२ जनाको मृत्यु भएको छ । विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको ज्यान गएको हो भने एक जना अझै बेपत्ता छन् ।

ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी ७९ वर्षीया सासु नरमाया रोका रहेका छन् ।पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।

यसअघि शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए भने निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।

लगातारको वर्षापछि आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा जनधनको क्षति पुर्‍याएको छ । प्रहरीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.