भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वर्षाले रोक्यो नेपालको ऐतिहासिक अवसर, श्रीलङ्का वरीयताका आधारमा सेमिफाइनलमा

वर्षाले रोक्यो नेपालको ऐतिहासिक अवसर, श्रीलङ्का वरीयताका आधारमा सेमिफाइनलमा

काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको नेपाल र श्रीलङ्काबीचको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएको छ । जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि लगातार वर्षा भएपछि टससमेत हुन सकेन ।

खेल रद्द भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा नेपालभन्दा माथि रहेको श्रीलङ्का वरीयताका आधारमा सेमिफाइनलमा पुगेको छ ।अब श्रीलङ्काले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजेता बनेर क्वार्टरफाइनल पुगेको नेपालका लागि श्रीलङ्काविरुद्धको खेल महत्वपूर्ण अवसर थियो । तर वर्षाका कारण नेपाली टोली मैदानमै उत्रिन नपाई प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि सोमबार तय भएका क्वार्टरफाइनल खेल पनि वर्षाका कारण रद्द भएपछि उच्च वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । मंगलबार अर्को क्वार्टरफाइनलमा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.