भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

धनगढी, १३ असोज । धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छिन् । धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै सिकेर उनले फूलखेती सुरुआत गरेकी हुन् ।

न्यू बण्डोली नर्सरी कन्र्सन फार्ममार्फत फूलखेती गर्दै आउनुभएकी सुशीला हाल फूलखेतीबाट आत्मनिर्भर बन्नुको साथै आम्दानीसमेत गर्दै आएकी छिन् । रु पाँच लाख लगानीबाट सुरु गर्नुभएकी सुशीलाको फूलखेती व्यवसायमा अहिले रु ५० लाख लगानी पुगेको छ ।

दुई बिघा क्षेत्रफल जमिन लिजमा लिई व्यावसायिक रुपमा फूलखेती गर्दे आएकी सुशीलाले वार्षिक रुपमा रु ५० लाखको कारोबार गर्दै आएको जानकारी दिइन् । फूलका बिरुवा हुर्काउने, गोडमेल गर्नेदेखि लिएर हेरचाहको लागि ११ जना स्थानीयलाई समेत रोजगार दिएकी छिन् ।

मासिक रुपमा उनीहरुलाई रु एक लाख ८० हजार उनीहरुको तलबमा खर्च हुने गरेको छ । जसबाट सबै खर्च कटाएर वार्षिक रु २० लाख बचत हुने गरेको उनको भनाइ छ । “दश जना परिवारको सम्पूर्ण खर्च यसै व्यवसायबाट धान्दै आएको छु”, उनले भनिन्, “फूलखेतीबाट आम्दानी राम्रो हुँन थालेपछि अहिले आर्थिक अवस्था सुधारसँगै आत्मनिर्भर भएकी छु ।” प्रतिकिलोग्राम रु चार सयमा फूल बिक्री गर्दे आएकी सुशीलाले कैलाली, कञ्चनपुरसहित प्रदेशका नौवटै जिल्लामा फूल बिक्री गर्दै आएको बताइन् ।

उनले कहिलेकाहीँ मागअनुसार बिक्रीको लागि काठमाडौँसमेत पठाउने गरेकी छिन्। उनले हाल धनगढी उपमहानगरपालिकाको परिसरमा फूल बिक्री केन्द्र राखेर फूल, फूलको माला, बुके, गुच्छासहित फूलका सामग्री बिक्री गर्दै आएकी छिन्छ । सुशीलाको फूलखेतीमा हाल सयपत्री, गोदावरी, गुलाफ, रजनीगन्धा, जीप्सफिला, ग्याडुलमलगायत विभिन्न जातिका फूल रहेका छन । उनले फूल बिक्रीसँगै फूलका बेर्नासमेत उत्पादन गरी बिक्री गर्दै आएको बताइन् ।

पछिल्लो समय धनगढीमा फूल तथा सजावटका सामग्रीको माग बढ्दै भएको छ । उनले उत्पादन गरेको फूल विवाह, व्रतबन्ध, विभिन्न औपचारिक कार्यक्रम, धार्मिक तथा सांस्कृतिक पर्व, विद्यालयमा हुने गरेका विभिन्न कार्यक्रम र अन्य शुभकार्यमा प्रयोग हुने गरेको छ । उनले सुरु गरेको फूलखेतीले स्थानीयस्तरमै कृषि उद्यम गर्न चाहने अन्य व्यक्तिलाई समेत प्रेरणाको दिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.