भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तेस्रो प्रदेश भाषा दिवस आज, बागमती प्रदेशमा सार्वजनिक बिदा

तेस्रो प्रदेश भाषा दिवस आज, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाण्डौ, २४ बैशाख । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । प्रदेश सरकारले २०८१ सालदेखि प्रत्येक वर्ष वैशाख २४ गते प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार दिवस मनाउने व्यवस्था गरिएको हो ।

उक्त ऐन २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । ऐनअनुसार नेपाली भाषासँगै तामाङ र नेपाल भाषालाई पनि बागमती प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गरिएको छ ।

दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश भाषा दिवसको अवसरमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिएको जनाएको छ ।

प्रदेश सरकारले भाषा संरक्षण, प्रवर्द्धन तथा बहुभाषिक पहिचानलाई संस्थागत गर्ने उद्देश्यले दिवस मनाउँदै आएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.