भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तान्ने साइत असार ३ गते

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तान्ने साइत असार ३ गते

काठमाण्डौ, २४ बैशाख । रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तान्ने साइत असार ३ गतेका लागि तय गरिएको छ ।आज बिहान ललितपुरको मंगलबजारस्थित मणिमण्डपमा भेला भएका चार जना ज्योतिषले रथ तान्ने साइत जुराएका हुन् ।

परम्पराअनुसार नरिवल खसाल्ने जात्रा सम्पन्न भएपछि पहिलो हप्ताको बिहीबार रथ जावलाखेल लैजाने साइत हेरिने गरिन्छ ।पुल्चोकबाट सुरु भएको रथयात्रा गाबहाल, सुनधारा हुँदै लगनखेल पुर्‍याइएपछि साइत हेरेर मात्रै जावलाखेलतर्फ लगिने परम्परा रहेको छ ।

रथ जावलाखेल पुगेको चार दिनपछि प्रसिद्ध भोटो जात्रा मनाइनेछ । रातो मच्छिन्द्रनाथ र मिननाथको रथ असार ३ गते दिउँसोसम्म पाटनको थटिटोल क्षेत्रमा रहने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.