भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तान्ने साइत असार ३ गते

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तान्ने साइत असार ३ गते

काठमाण्डौ, २४ बैशाख । रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तान्ने साइत असार ३ गतेका लागि तय गरिएको छ ।आज बिहान ललितपुरको मंगलबजारस्थित मणिमण्डपमा भेला भएका चार जना ज्योतिषले रथ तान्ने साइत जुराएका हुन् ।

परम्पराअनुसार नरिवल खसाल्ने जात्रा सम्पन्न भएपछि पहिलो हप्ताको बिहीबार रथ जावलाखेल लैजाने साइत हेरिने गरिन्छ ।पुल्चोकबाट सुरु भएको रथयात्रा गाबहाल, सुनधारा हुँदै लगनखेल पुर्‍याइएपछि साइत हेरेर मात्रै जावलाखेलतर्फ लगिने परम्परा रहेको छ ।

रथ जावलाखेल पुगेको चार दिनपछि प्रसिद्ध भोटो जात्रा मनाइनेछ । रातो मच्छिन्द्रनाथ र मिननाथको रथ असार ३ गते दिउँसोसम्म पाटनको थटिटोल क्षेत्रमा रहने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.