भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

मुख्य बुँदा 

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

सरकारको प्रवक्तामा सस्मित पोखरेल नियुक्त

शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय

काठमाडौँ, १३ चैत्र । बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो।

उक्त प्रतिवेदन सार्वजनिक भएसँगै दोषीमाथि कारबाहीको माग उठिरहेको सन्दर्भमा सरकारले यसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई दिने निर्णय गरेको छ।

त्यसैगरी, शासकीय सुधारलाई प्रभावकारी बनाउन १०० वटा कार्य स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। मन्त्रिपरिषद् बैठकले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदानको सम्मान गर्ने निर्णय समेत गरेको छ। सरकारले पहिलो बैठकबाटै सुधारमुखी र उत्तरदायी शासनको संकेत दिएको विश्लेषण गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.