भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

मुख्य बुँदा 

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

सरकारको प्रवक्तामा सस्मित पोखरेल नियुक्त

शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय

काठमाडौँ, १३ चैत्र । बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो।

उक्त प्रतिवेदन सार्वजनिक भएसँगै दोषीमाथि कारबाहीको माग उठिरहेको सन्दर्भमा सरकारले यसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई दिने निर्णय गरेको छ।

त्यसैगरी, शासकीय सुधारलाई प्रभावकारी बनाउन १०० वटा कार्य स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। मन्त्रिपरिषद् बैठकले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदानको सम्मान गर्ने निर्णय समेत गरेको छ। सरकारले पहिलो बैठकबाटै सुधारमुखी र उत्तरदायी शासनको संकेत दिएको विश्लेषण गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.