भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

केपी शर्मा ओली पक्राउ, जेनजी आन्दोलन प्रकरणमा अनुसन्धान सुरु

केपी शर्मा ओली पक्राउ, जेनजी आन्दोलन प्रकरणमा अनुसन्धान सुरु

मुख्य बुँदा 

पूर्वप्रधानमन्त्री ओली पक्राउ

पूर्वगृहमन्त्री रमेश लेखक पनि नियन्त्रणमा

जेनजी आन्दोलनमा १९ जनाको मृत्यु प्रकरणमा अनुसन्धान

अपराध अनुसन्धान कार्यालयको टोलीद्वारा पक्राउ

हेलचेक्र्याईं गरी ज्यान मार्ने अभियोगमा अनुसन्धान

राजनीतिक प्रतिशोध कि कानुनी प्रक्रिया भन्ने बहस सुरु

काठमाडौँ, १४ चैत्र । केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले ओलीलाई पक्राउ गरेको हो।

यसअघि नै पूर्वगृहमन्त्री रमेश लेखक लाई पनि भक्तपुरको कटुञ्जेस्थित निवासबाट नियन्त्रणमा लिइएको थियो। प्रहरीका अनुसार भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनासम्बन्धी अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो।

जाँचबुझ आयोगको प्रतिवेदनमा उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अनुसार ‘हेलचेक्र्याईं गरी ज्यान मार्ने’ कसुरमा संलग्न भएको उल्लेख गरिएको छ। उक्त कसुरमा दोषी ठहरिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै गृहमन्त्री सुदन गुरुङले अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।

प्रहरी स्रोतका अनुसार पीडित परिवारले दिएको जाहेरीका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको हो। उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइने तयारी गरिएको छ।

यस घटनापछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ। पूर्वगृहमन्त्री लेखकले आफूलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको आरोप लगाउँदै राजनीतिक र कानुनी रूपमा लड्ने बताएका छन्। यता गृहमन्त्री सुदन गुरुङले भने “कानुनभन्दा माथि कोही नहुने” उल्लेख गर्दै यो कदम प्रतिशोध नभई न्यायको सुरुवात भएको बताएका छन्।

संविधानविद् निलाम्बर आचार्यले यस्तो घटनाले प्रतिशोध र धरपकडको सन्देश दिने भन्दै सावधानी अपनाउनुपर्ने टिप्पणी गरेका छन्।नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्रीलाई ज्यानसम्बन्धी फौजदारी मुद्दामा पक्राउ गरिएको यो पहिलो घटना मानिएको छ।