भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

मन्त्री किरातीलाई बालेनले साथ दिने, पशुपतिको जग्गाका अवैध संरचना हटाइने

मन्त्री किरातीलाई बालेनले साथ दिने, पशुपतिको जग्गाका अवैध संरचना हटाइने

काठमाडौं। पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अवैधानिक संरचना हटाउँन निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजित पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा उनले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचना सञ्चालनमा रहेको भन्दै तत्काल एक्सनमा जान र आउँदो बैठकमा प्रगति पेश गर्न कोषका पदाधिकारीलाई कडा निर्देशन दिएका हुन् ।

काठमाडौँ महानगरपालिका–८ गाँचा पोखरीस्थित साविक कित्ता नं ९३, हालको कित्ता नं १०२,३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर संरचना बनाइएको छ ।

त्यस्तै वडा नम्बर ३ भगवान्‌ स्थानमा साविक कित्ता नम्बर ५१ बाट हालको कित्ता नं १४३, १४४, ६५, २८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएकोले उक्त जग्गाको खोजी गरिएको सचिवालयले जनाएको छ ।

सिफलस्थित लामा पोखरी रहेको कित्ता नम्बर १३५, १८०, ८३ का संरचना पनि कानूनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्यांकन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ ।

बोर्डका सदस्यसमेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्राविधिक मूल्यांकन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको भन्दै कार्यान्वयन गराउन मन्त्रीलाई साथ दिने बचन दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.