भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निर्वाचन आयोगको अनुमति बिना हेलिकप्टर चढेपछि बालेन शाह फर्काइए

निर्वाचन आयोगको अनुमति बिना हेलिकप्टर चढेपछि बालेन शाह फर्काइए

काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर प्रयोग गरेको खुलेपछि उनलाई फर्काइएको खुलासा भएको छ ।

शाहले काठमाडौंमा मतदान गरेपछि झापा जाने उद्देश्यले हेलि एभरेस्टको हेलिकोप्टर चढेका थिए । तर उक्त हेलिकोप्टरलाई झापामा अवतरण गर्न अनुमति नदिई पुनः काठमाडौं फर्काइएको स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च स्रोतका अनुसार निर्वाचन आयोगबाट आवश्यक अनुमति नलिएको देखिएपछि हेलिकोप्टरलाई अवतरण गर्न नदिई फर्काइएको हो ।

स्रोतका अनुसार निर्वाचन आचारसंहिताको कारण चुनावको समयमा हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगबाट अनुमति लिनुपर्ने प्रावधान रहेको छ । सो अनुमति नलिएको पाइएपछि हेलिकोप्टरलाई गन्तव्यमा अवतरण गर्न नदिइएको बताइएको छ ।

घटनापछि हेलिकोप्टर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.