भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध |

निर्वाचन आयोगको अनुमति बिना हेलिकप्टर चढेपछि बालेन शाह फर्काइए

निर्वाचन आयोगको अनुमति बिना हेलिकप्टर चढेपछि बालेन शाह फर्काइए

काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर प्रयोग गरेको खुलेपछि उनलाई फर्काइएको खुलासा भएको छ ।

शाहले काठमाडौंमा मतदान गरेपछि झापा जाने उद्देश्यले हेलि एभरेस्टको हेलिकोप्टर चढेका थिए । तर उक्त हेलिकोप्टरलाई झापामा अवतरण गर्न अनुमति नदिई पुनः काठमाडौं फर्काइएको स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च स्रोतका अनुसार निर्वाचन आयोगबाट आवश्यक अनुमति नलिएको देखिएपछि हेलिकोप्टरलाई अवतरण गर्न नदिई फर्काइएको हो ।

स्रोतका अनुसार निर्वाचन आचारसंहिताको कारण चुनावको समयमा हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगबाट अनुमति लिनुपर्ने प्रावधान रहेको छ । सो अनुमति नलिएको पाइएपछि हेलिकोप्टरलाई गन्तव्यमा अवतरण गर्न नदिइएको बताइएको छ ।

घटनापछि हेलिकोप्टर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.