भर्खरै : Sorry, your browser does not support inline SVG.
महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् |

दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति

दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति

काठमाडौं, २१ फागुन । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु गर्ने विषयमा सर्वदलीय सहमति भएको छ ।

मतदान स्थलमा भएको विवादका कारण केहीबेर रोकिएको मतदान पुनः सञ्चालन गर्ने निर्णय सर्वदलीय बैठकले गरेको बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दिपक रेग्मीले जानकारी दिएका छन् । मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो ।

डीआईजी रेग्मीका अनुसार घटना लगत्तै सुरक्षा व्यवस्था कडा बनाइएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय तथा राजनीतिक दलका प्रतिनिधिबीच छलफल भएपछि मतदान प्रक्रिया पुनः सुरु गर्ने सहमति बनेको हो ।

उनले केही समयभित्रै मतदान प्रक्रिया पुनः सुरु हुने र मतदातालाई निर्भय वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको बताए ।

 


Thali Mobile Pvt.Ltd.