भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति

दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति

काठमाडौं, २१ फागुन । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु गर्ने विषयमा सर्वदलीय सहमति भएको छ ।

मतदान स्थलमा भएको विवादका कारण केहीबेर रोकिएको मतदान पुनः सञ्चालन गर्ने निर्णय सर्वदलीय बैठकले गरेको बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दिपक रेग्मीले जानकारी दिएका छन् । मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो ।

डीआईजी रेग्मीका अनुसार घटना लगत्तै सुरक्षा व्यवस्था कडा बनाइएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय तथा राजनीतिक दलका प्रतिनिधिबीच छलफल भएपछि मतदान प्रक्रिया पुनः सुरु गर्ने सहमति बनेको हो ।

उनले केही समयभित्रै मतदान प्रक्रिया पुनः सुरु हुने र मतदातालाई निर्भय वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको बताए ।

 


Thali Mobile Pvt.Ltd.