भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

मतदान केन्द्रमा विवादपछि दोलखाको तामाकोशीमा हवाई फायर, कर्मचारीमाथि हातपातको प्रयास

मतदान केन्द्रमा विवादपछि दोलखाको तामाकोशीमा हवाई फायर, कर्मचारीमाथि हातपातको प्रयास

काठमाडौं, २१ फागुन । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित एक मतदान केन्द्रमा विवाद भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।

मतदान केन्द्रमा उपस्थित केही व्यक्तिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार कर्मचारीमाथि आक्रमणको प्रयास भएपछि सुरक्षाकर्मीले चेतावनीस्वरूप एक–दुई राउन्ड हवाई फायर गरेका थिए । उनले तामाकोशी गाउँपालिका–४ को मतदान केन्द्रमा भएको उक्त घटनापछि सुरक्षाकर्मीको सक्रियतामा स्थिति नियन्त्रणमा आएको जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी आलेले अहिले मतदान केन्द्रको अवस्था सामान्य भइसकेको र मतदान प्रक्रिया प्रभावित नहुने गरी सुरक्षाको व्यवस्था कडा बनाइएको बताए ।

निर्वाचनको समयमा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीले संवेदनशील क्षेत्रमा निगरानी बढाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.