भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मतदान केन्द्रमा विवादपछि दोलखाको तामाकोशीमा हवाई फायर, कर्मचारीमाथि हातपातको प्रयास

मतदान केन्द्रमा विवादपछि दोलखाको तामाकोशीमा हवाई फायर, कर्मचारीमाथि हातपातको प्रयास

काठमाडौं, २१ फागुन । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित एक मतदान केन्द्रमा विवाद भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।

मतदान केन्द्रमा उपस्थित केही व्यक्तिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार कर्मचारीमाथि आक्रमणको प्रयास भएपछि सुरक्षाकर्मीले चेतावनीस्वरूप एक–दुई राउन्ड हवाई फायर गरेका थिए । उनले तामाकोशी गाउँपालिका–४ को मतदान केन्द्रमा भएको उक्त घटनापछि सुरक्षाकर्मीको सक्रियतामा स्थिति नियन्त्रणमा आएको जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी आलेले अहिले मतदान केन्द्रको अवस्था सामान्य भइसकेको र मतदान प्रक्रिया प्रभावित नहुने गरी सुरक्षाको व्यवस्था कडा बनाइएको बताए ।

निर्वाचनको समयमा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीले संवेदनशील क्षेत्रमा निगरानी बढाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.