भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

मेलम्चीको पानी अब बालकोटमा : ८ करोड लागतमा आयोजना सम्पन्न

मेलम्चीको पानी अब बालकोटमा : ८ करोड लागतमा आयोजना सम्पन्न

भक्तपुर, बालकोट । बहुप्रतीक्षित मेलम्ची खानेपानी अब बालकोटमा पनि पुगेको छ। बालकोट खानेपानी ट्यांकीमा सोमबारदेखि मेलम्चीको पानी संकलनको कार्य औपचारिक रूपमा सुरु भएको हाे ।

मेलम्चीको पानी अब बालकोटमा: ८ करोडको आयोजना सम्पन्न

उक्त आयोजनाको सफल कार्यान्वयनप्रति बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा, सुर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, वडा नं ७ का अध्यक्ष तथा नगर प्रवक्ता रबिन्द्र सापकोटा, वडा नं २ का अध्यक्ष श्री प्रदीप कार्की, वडा नं ३ का अध्यक्ष  दिपेन्द्र के.सी., पूर्व वडा अध्यक्ष कमलनाथ आचार्य लगायत अन्य जनप्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका छन्।

मेलम्चीको पानी अब बालकोटमा: ८ करोडको आयोजना सम्पन्न

आयोजनामा बागमती प्रदेश सरकारबाट १ करोड र सुर्यविनायक नगरपालिका तथा स्थानीय उपभोक्ताको साझेदारी गरी जम्मा ८ करोड रुपैयाँ लागतमा सम्पन्न गरिएको हो। बालकोट खानेपानी समिति, बालकोट ढल निर्माण तथा सरसफाइ उपभोक्ता समितिको समेत विशेष योगदान रहेको आयोजकले जानकारी दिएका छन्।

स्थानीयवासीहरू लामो समयदेखि खानेपानी अभावमा रहेका बालकोट क्षेत्रमा मेलम्चीको पानी प्रवेशसँगै ठूलो राहत मिल्ने विश्वास गरिएको छ। मन्त्री थापाले बालकोटवासीलाई यसपालीदेखि नै पानी वितरण हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

स्थानीय बासिन्दाहरूले अब पानीको न्यायिक, समान र नियमित वितरणको सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.