भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

मेलम्चीको पानी अब बालकोटमा : ८ करोड लागतमा आयोजना सम्पन्न

मेलम्चीको पानी अब बालकोटमा : ८ करोड लागतमा आयोजना सम्पन्न

भक्तपुर, बालकोट । बहुप्रतीक्षित मेलम्ची खानेपानी अब बालकोटमा पनि पुगेको छ। बालकोट खानेपानी ट्यांकीमा सोमबारदेखि मेलम्चीको पानी संकलनको कार्य औपचारिक रूपमा सुरु भएको हाे ।

मेलम्चीको पानी अब बालकोटमा: ८ करोडको आयोजना सम्पन्न

उक्त आयोजनाको सफल कार्यान्वयनप्रति बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा, सुर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, वडा नं ७ का अध्यक्ष तथा नगर प्रवक्ता रबिन्द्र सापकोटा, वडा नं २ का अध्यक्ष श्री प्रदीप कार्की, वडा नं ३ का अध्यक्ष  दिपेन्द्र के.सी., पूर्व वडा अध्यक्ष कमलनाथ आचार्य लगायत अन्य जनप्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका छन्।

मेलम्चीको पानी अब बालकोटमा: ८ करोडको आयोजना सम्पन्न

आयोजनामा बागमती प्रदेश सरकारबाट १ करोड र सुर्यविनायक नगरपालिका तथा स्थानीय उपभोक्ताको साझेदारी गरी जम्मा ८ करोड रुपैयाँ लागतमा सम्पन्न गरिएको हो। बालकोट खानेपानी समिति, बालकोट ढल निर्माण तथा सरसफाइ उपभोक्ता समितिको समेत विशेष योगदान रहेको आयोजकले जानकारी दिएका छन्।

स्थानीयवासीहरू लामो समयदेखि खानेपानी अभावमा रहेका बालकोट क्षेत्रमा मेलम्चीको पानी प्रवेशसँगै ठूलो राहत मिल्ने विश्वास गरिएको छ। मन्त्री थापाले बालकोटवासीलाई यसपालीदेखि नै पानी वितरण हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

स्थानीय बासिन्दाहरूले अब पानीको न्यायिक, समान र नियमित वितरणको सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.