भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

मेलम्ची खानेपानी पाइप बिछ्याउने कार्य सुरु-वडाध्यक्ष रविन्द्र ज्याख्वद्वारा सहयोगका लागि अपिल

मेलम्ची खानेपानी पाइप बिछ्याउने कार्य सुरु-वडाध्यक्ष रविन्द्र ज्याख्वद्वारा सहयोगका लागि अपिल


भक्तपुर, ३० वैशाख । भक्तपुर नगरपालिका वडा नं. ९ अन्तर्गत च्याह्मासिँहदेखि कमलविनायकसम्म मेलम्ची खानेपानी वितरणका लागि पाइप बिछ्याउने कार्य आजदेखि सुरु गरिएको छ।

पूर्वाधार निर्माण कार्यलाई प्रभावकारी अघि बढाउन वडाध्यक्ष रविन्द्र ज्याख्वले सम्पूर्ण वाडावासीमा सहयोग गर्न अपिल गर्नुभएको हाे । कामको क्रममा सडक खन्ने, पाइप बिछ्याउने जस्ता गतिविधिहरूका कारण केही समयका लागि असुविधा हुन सक्ने भएपनि दीर्घकालीन रूपमा यसले ठूलो लाभ पुर्‍याउने बताइएको छ।

वडाध्यक्ष ज्याख्वले स्थानीय बासिन्दा, सवारी चालक, व्यापारी तथा सर्वसाधारणलाई संयमित र सहयोगी भूमिका निर्वाह गर्न पुनः आग्रह गर्नुभएको छ।

 


Thali Mobile Pvt.Ltd.