भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

प्रतिनिधिसभा चुनावका लागि अधिकांश जिल्लाको मतपत्र छपाइ सम्पन्न

प्रतिनिधिसभा चुनावका लागि अधिकांश जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ, २ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यकासहित आसपासका १४ जिल्लाको निर्वाचन क्षेत्रका मतपत्र छपाइ गर्न बाँकी रहेको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ। हालसम्म ६३ जिल्लाका १ सय ३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। छापिएका जिल्लाका मतपत्र प्याकिङको काम पनि जारी छ। अहिलेसम्म १५ हजार ३ सय ७१ बाकस मतपत्र प्याकिङ गरिसकिएको छ।

आयोगका अनुसार दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ तथा ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ। प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको आयोगले जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको आयोगले स्पष्ट पारेको छ।

 


Thali Mobile Pvt.Ltd.