भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

नदी किनारमा जम्मा भयो प्लाष्टिकजन्य फोहोर

नदी किनारमा जम्मा भयो प्लाष्टिकजन्य फोहोर

काठमाडौं । अविरल वर्षा हुने क्रम आएको बाढीका कारण नदीहरुमा फोहोर देखिएको छ । काठमाडौं उपत्यकाका वागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरुमा आएको ठूलो बाढीका कारण फोहोर जम्मा भएको हो ।

नदी किनारमा उपत्यकावासीले गरेको-फालेको फोहोर एक ठाउँबाट अर्को ठाउँमा लगेर छोडिदिएको फोहोर जम्मा भएको छ । नदीमा प्लाष्टिकजन्य फोहोरहरु धेरै देखिन्छ ।

किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरुमा समेत बाढी पसेको थियो । गत जेठ २८ गतेदेखि मनसुन भित्रिएको थियो ।

जसकारण विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.