भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

प्रचुर सम्भावना बोकेको कर्णाली चलचित्र पर्यटनका लागि ‘भर्जिन ल्याण्ड’

प्रचुर सम्भावना बोकेको कर्णाली चलचित्र पर्यटनका लागि ‘भर्जिन ल्याण्ड’

सुर्खेत । पर्यटकीय प्रचुर सम्भावना बोकेको कर्णालीमा चलचित्र पर्यटनका लागि पनि उत्तम रहेको विज्ञहरुले बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका युवायुवतीहरुका लागि चलचित्र विकास बोर्डले शुरु गरेको पाँच दिने चलचित्र सम्पादन कार्यशालाको उद्घाटनमा सहभागिहरुले चलचित्रका माध्यमबाट कर्णालीको कला र संस्कृतिलाई विश्वव्यापीकरण गर्न सकिने बताएका छन् ।

चर्चित डकुमेन्ट्रेरी मेकर राजेश गोंगजुले कर्णाली चलचित्रसँगै साँस्कृतिक, धार्मिक पर्यटन, कृषि, पर्यटन र प्राकृतिक मानोरञ्जनका दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण क्षेत्र भएको बताए । कथाका लागि समेत कर्णाली ‘भर्जिन ल्याण्ड’ का रुपमा रहेको दावी गरे ।

वरिष्ठ कलाकार प्रेमदेव गिरी, साहित्यकार तथा कलाकर्मी डा. महेन्द्रकुमार मल्ल, नृत्य निर्देशक कुलमान नेपाली, रंगकर्मी यामलाल आचार्य तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले कर्णालीमा धेरै सम्भावन भएपनि नागरिक ‘बिणाको खोजीमा भौंतारिरहेको कस्तुरीझैं रुमल्लिरहेको’ अवस्था हुन विम्डना भएको बताए। चलचित्र मात्र नभई कलाकारिता क्षेत्रलाई सरकारले उपेक्षा गरेकाले सोचे जस्तो प्रगति हुन नसकेको धारणा व्यक्त गरे ।

चलचित्रमा सम्भावना खोज्नु अघि कर्णालीमा सिनेका संस्कृतिको विकास गराउन आवश्यक रहेको धारणा राखे । पाँच दिनसम्म चल्ने चलचित्र सम्पादन कार्यशालामा कर्णालीका २६ जना प्रशिक्षार्थीहरुको सक्रिय सहभागिता रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.