भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित खुल्ला मैदानमा असोज ९ गतेदेखि १९ गतेसम्म भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ । भक्तपुरको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धन गर्न उक्त मेला हुने भक्तपुर चेम्बर अफ कमर्सले पत्रकार सम्मेलनमा जनाएको हो ।
पत्रकार सम्मेलनका आयोजक भक्तपुर चेम्वरका अध्यक्ष कविदास श्रेष्ठले भक्तपुर जिल्ला ऐतिहासिक, साँस्कृतिक, धार्मिक एवं पर्यटकिय स्थानहरुले भरिभराउ क्षेत्र भएको शिक्षा, स्वास्थ्य, यातायात र व्यवस्थित बस्ती विकासमा भक्तपुर जिल्ला क्रमश अगाडि बढदै गरेको बताउदै जिल्ला राजधानी उपत्यकाको एक प्रमुख व्यवसायिक केन्द्रको रुपमा विकसित भएकाले महोत्सवले यसको प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
उनले यस क्षेत्रका उत्पादनहरुको बजारीकरण र यहाँको व्यवसायिक सम्भावनाहरुको उजागर गर्नमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने तर्क गरे । सगुन इभेन्टको व्यवस्थापनमा हुन लागेको महोत्सवमा भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्वका स्थानहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउदै यहाँका स्थानीय उत्पादनहरु लगायत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पुग्ने उद्देश्य महोत्सवको रहेको मेला संयोजक माधवप्रसाद प्रजापतिको भनाई छ ।
महोत्सवमा विविध उत्पादन तथा सेवाहरुको अलग–अलग परिसर बनाई प्रवर्द्धन गर्ने योजना रहेको बताउँदै औद्योगिक उत्पादन र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्ध अभिवृद्धि गराउने र लगानीकर्तालाई नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न महोत्सवले हौसला प्रदान गर्ने संयोजक प्रजापतिले जानकारी दिए ।
महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, विउविजन तया मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तीय संस्था, अटोमोवाइल्स्लगायत १ सय ५० भन्दा बढी स्टलहरु रहने उनले बताए ।
महोत्सवमा बालबालिकाहरुका लागि बालउद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, ड«ागन रेल, बोटिङ,वाटर बल्ब, मिकि माउस, ट्रैम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकको भनाई छ ।
दशैको मुखमा आयोजना हुने यस महोत्सवमा दैनिक उपभोग्य सामानहरु सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै नयाँ स्किमका उत्पादनहरुमा छुटको समेत व्यवस्था हुने जनाइएको छ । महोत्सवबाट उपत्यकाका साथै काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्नेछन् ।
महोत्सवमा राखिने बस्तुहरुको प्रकृत्तिका आधारमा स्टलको साइज र शुल्क फरक हुने व्यवस्थापक संगम लामाले जानकारी दिए । स्थानीय उत्पादनहरुका लागि न्यून स्टल भाडा रहने छ भने आयातित वस्तुहरुको स्टलका लागि फरक शुल्क रहने छ । ११ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा एक लाख रुपैयादेखि १८ हजार ५ समयसम्म स्टल भाडा हुने जनाइएको छ ।
महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु ७० र विद्यार्थीहरुलाई रु ५० को टिकट लाग्ने र बृद्धबृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने आयोजकको भनाई छ । महोत्सव अवधिभर दुईलाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने करिब १० कारोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रुपमा...
काठमाडौँ, १ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले मनसुनजन्य सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन देशव्यापी पूर्वतयारी सुरु गरेको छ। विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै...
काठमाडौं, १ जेठ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहीबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ। यो बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट र नीतिगत प्राथमिकतामाथि छलफल...
भक्तपुर, ३१ वैशाख। भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारका चन्द्रहरि कायस्थ विगत २५ वर्षदेखि आत्मसाक्षात्कार र आध्यात्मिक जागरणको अभियानमा समर्पित छन्। ‘श्रीहरि’ नामबाट चिनिने कायस्थले ‘श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेशन’ स्थापना गरी...