भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

नेपालमा भ्रष्टाचार कहिल्यै निको नहुने महारोगको रुपमा देखियोः प्रमुख प्रजापति

नेपालमा भ्रष्टाचार कहिल्यै निको नहुने महारोगको रुपमा देखियोः प्रमुख प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भ्रष्टाचार नैतिक पतन हुने फौजदारी अपराध भएको बताएका छन् । भक्तपुर नपा वडा नं ५ को आयोजनामा ‘भ्रष्टाचारविरोधी अभियानमा विद्यार्थीको भूमिका’ विषयक भक्तपुर नगरपालिका माध्यमिक विद्यालय (कक्षा ९ देखि १२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बुधबार मेयर प्रजापतिले उक्त कुरा बताएका हुन ।

आर्थिक कारोबार गर्ने ठाउँमा भ्रष्टाचारको सम्भावना बढी हुने बताउँदै देश आर्थिक रुपले पछाडि पर्नुमा भ्रष्टाचार पनि मुख्य कारण भएको मेयर प्रजापतिले बताए । भक्तपुर भ्रष्टाचारविरोधी आन्दोलन भएको ठाउँ पनि हो भन्दै उनले भक्तपुर नगरपालिकाले इमानदार र पारदर्शी ढंगले यहाँको विकास निर्माण गर्दै निःस्वार्थ रुपमा जनताको सेवा गर्दै आइरहेको बताए ।

नेपालमा भ्रष्टाचार कहिल्यै निको नहुने महारोगको रुपमा देखिएको बताउँदै प्रमुख प्रजापतिले भ्रष्टाचारका कारण राज्यको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनैतिक क्षेत्रमा गहिरो ढंगले नकारातमक असर पारेको तर्क गरे । अन्य देशमा भ्रष्टाचारीहरुलाई मृत्युदण्डको व्यवस्था पनि रहेको बताउँदै उनले नैतिक रुपमा पतन भएको व्यक्तिले समाजमा कहिल्यै शिर ठाडो गरी हिँड्न नसक्ने बताए ।

पुँजीवादी व्यवस्थामा संसदलाई शासकले गर्ने अवैध काम वैध गर्ने थलो बनाइन्छ भन्दै उनले गलत र अनैतिक काम गर्नु हुँदैन भन्ने भावना विद्यालयतहदेखि नै सिकाइनु जरुरी रहेको बताए । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले इमानदार नयाँ पुस्ता तयार गर्ने उद्देश्यले भक्तपुर नपाले विद्यालय लक्षित विविध गतिविधिमा जोड दिँदै आएको बताउँदै देशलाई आर्थिक र नैतिक रुपले सबल बनाउन विद्यार्थी तहदेखि नै भ्रष्टाचारविरोधी भावनाको विकास गर्नुपर्ने बताइन ।

भक्तपुर नपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले देशको ढुकुटी लुटेर देशलाई कंगाल बनाउने भ्रष्टाचारीहरुलाई कानुनअनुसार कडाभन्दा कडा सजाय दिइनुपर्नेमा जोड दिँदै भ्रष्टाचारले देशलाई विकसित हुन नदिँने तर्क गरे । प्रतियोगितामा बासु माविका प्रतिक्षा शाही प्रथम, बागीश्वरी माविका आस्था गुमान्जु द्वितीय, एभरेष्ट इ स्कूलका सिल्भिया खड्का तृतीय र सैनिक आवासीय महाविद्यालयका उत्सव आचार्यले सान्त्वना स्थान हासिल गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.