भर्खरै : Sorry, your browser does not support inline SVG.
चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह |

भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार, तत्काल एमआरआई सेवा सञ्चालन हुँदै

भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार, तत्काल एमआरआई सेवा सञ्चालन हुँदै

भक्तपुर । वाग्मती प्रदेशका १३ वटा अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएको छ । वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।

बुधबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको हुन् । अस्पताललाई अझै जनमैत्री र स्वास्थ्यलाई सहज रुपमा जनताको माझमा पुर्‍याउने जिम्मेवारी बोध भएको पुरस्कार बुझ्दै अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बताइन् ।

भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने भएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.