भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद

घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद

काठमाडौँ, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेल (ललितपुर) का तीन नायब सुब्बा (नासु) सहित पाँच जनालाई पक्राउ गरेको छ।

अख्तियारका अनुसार पक्राउ पर्नेमा भूमि प्रशासन कार्यालयका उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर रहेका छन्। उनीहरूसँगै लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई पनि नियन्त्रणमा लिइएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूको साथबाट ३ लाख रुपैयाँ घुस रकम बरामद गरिएको छ। साथै, स्रोत खुल्न नसकेको २४ हजार ८ सय ९० रुपैयाँ समेत फेला परेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीलाई अनावश्यक दुःख र हैरानी दिई घुस मागिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

अख्तियारको टोलीले उनीहरूलाई ललितपुरस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैमाथि भ्रष्टाचार तथा घुस लेनदेनसम्बन्धी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.