भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद

घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद

काठमाडौँ, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेल (ललितपुर) का तीन नायब सुब्बा (नासु) सहित पाँच जनालाई पक्राउ गरेको छ।

अख्तियारका अनुसार पक्राउ पर्नेमा भूमि प्रशासन कार्यालयका उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर रहेका छन्। उनीहरूसँगै लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई पनि नियन्त्रणमा लिइएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूको साथबाट ३ लाख रुपैयाँ घुस रकम बरामद गरिएको छ। साथै, स्रोत खुल्न नसकेको २४ हजार ८ सय ९० रुपैयाँ समेत फेला परेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीलाई अनावश्यक दुःख र हैरानी दिई घुस मागिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

अख्तियारको टोलीले उनीहरूलाई ललितपुरस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैमाथि भ्रष्टाचार तथा घुस लेनदेनसम्बन्धी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.