भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

समुदायको मनमा बस्दै भक्तपुर अस्पतालः पाटीभञ्ज्याङ शिविरबाट १ सय ८१ जनामा ८ जनाको निःशुल्क शल्यक्रिया गर्ने

समुदायको मनमा बस्दै भक्तपुर अस्पतालः पाटीभञ्ज्याङ शिविरबाट १ सय ८१ जनामा ८ जनाको निःशुल्क शल्यक्रिया गर्ने

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ८ को पाटीभञ्ज्याङमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १ सय ८१ जनाले सेवा लिएका छन् । सूर्यविनायक नगरपालिका वडा नं ८ र भक्तपुर जिल्ला अस्पतालको संयुक्त आयोजनामा सञ्चालित स्वास्थ्य शिविरबाट शनिबार १ सय ८१ जना लाभवानवित भएका हुन ।समुदायको मनमा बस्दै भक्तपुर अस्पतालः पाटीभञ्ज्याङ शिविरबाट १ सय ८१ जनामा ८ जनाको निःशुल्क शल्यक्रिया गर्ने

स्वास्थ्य शिविरको उद्घाटन गर्दै बागमती प्रदेश सभा सदस्य किरण थपाले भक्तपुर अस्पतालको सहयोगमा सूर्यविनायक वडा नं ८ को आयोजनामा सिपाडोल आधारभूत स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्नु यहाँका स्थानीयबासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु मुख्य उद्धेश्य रहेको बताउँनु भयो ।समुदायको मनमा बस्दै भक्तपुर अस्पतालः पाटीभञ्ज्याङ शिविरबाट १ सय ८१ जनामा ८ जनाको निःशुल्क शल्यक्रिया गर्ने

उहाँले सूर्यविनायकको दुर्गम ठाउँ भएकाले स्वास्थ्यको क्षेत्रबाट टाढा भएकाले पाटीभञ्जाङमा शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । सांसद थापाले शिविर सञ्चालन गर्दा धेरै महिला दिदीबहिनीहरु लाभवानवित हुने अपेक्षा रहेको बताउनुभयो । भक्तपुर अस्पतालले दिनप्रतिदिन प्रगति गर्दै गइरहेको बताउँदै प्रदेश सभा सदस्य थापाले प्रादेशिक अस्पतालमा ९८ प्रतिशत अङ्क ल्याए र देश भरीकै राम्रो अस्पतालमा कहलिनु महत्वपूर्ण विषय भएको तर्क गर्नुभयो ।समुदायको मनमा बस्दै भक्तपुर अस्पतालः पाटीभञ्ज्याङ शिविरबाट १ सय ८१ जनामा ८ जनाको निःशुल्क शल्यक्रिया गर्ने

उहाँले भन्नुभयो “विशेषगरी भक्तपुर अस्पताल, डाक्टरहरु, मेसु गौतमलाई धन्यवाद दिन चाहन्छु । स्वास्थ्य क्षेत्रमा बागमती प्रदेशलाई हरेक किसिमको सेवा दिनुपर्छ र बजेटको पनि विशेष व्यवस्था गर्नुपर्छ भनेर नीति तथा कार्यक्रम पास भएको छ । १३ वटा प्रादेशिक अस्पतालको गुणस्तर वृद्धि गर्ने, त्यसलाई आवश्यक पुर्वाधारहरु तयार गर्ने र जुन–जुन अस्पतालमा जे–जे कुराको आवश्यक छ त्यो उपलब्ध गराउने भनेर नीति तथा कार्यक्रम पास भएको छ ।”समुदायको मनमा बस्दै भक्तपुर अस्पतालः पाटीभञ्ज्याङ शिविरबाट १ सय ८१ जनामा ८ जनाको निःशुल्क शल्यक्रिया गर्ने

सांसद थापाले भक्तपुर अस्पतालमा छिटै सिटीस्क्यानको जडान हुँने जानकारी दिदै भक्तपुर अस्पतालको सेवा विगतमा खस्केका कारण अझै पनि गाउँ–घरमा भक्तपुर अस्पताल जाने र भन्ने मानसिकता रहेको बताउँदै यसरी स्वास्थ्य शिविर सञ्चालन भएपछि सर्वसाधारणमा पनि भक्तपुर अस्पतालप्रतिको दृष्टिकोण फेरिनेमा आफू ढुक्क भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर अस्पताल निर्देशक डाक्टर सुमित्रा गौतमले सूर्यविनायक नगरपालिका वडा नं ८ विकट भएकाले पनि शिविर सञ्चालन गर्नुपरेको बताउँनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य सम्बन्धि सम्पूर्ण सुविधा दिनुपर्छ भन्ने उद्धेश्यले माननीय किरण थापाको पहल र निर्देशनमा वडा अध्यक्ष पुष्पराजसँग समन्वयन गरी भक्तपुर अस्पताल व्यवस्थापन समिति र सम्पूर्ण टिमले यहाँ शिविर सञ्चालन गर्नुपर्छ भन्ने आवश्यकता महसुस गरी शिविर सञ्चालन गरेका छौ” ।समुदायको मनमा बस्दै भक्तपुर अस्पतालः पाटीभञ्ज्याङ शिविरबाट १ सय ८१ जनामा ८ जनाको निःशुल्क शल्यक्रिया गर्ने

शिविरमा सुगर, प्रेसर जाँच्ने, नाक, कान,घाँटीको समस्याबारे विशेषज्ञद्धारा परामर्श दिने कार्य गरेको बताउँदै महिलाहरुको पाठेघर सम्बन्धी समस्याबारे खुलेर भन्न नसक्ने र उपचार पनि नगर्ने भएकाले उहाँहरुकै घरदैलोमा पाठेघरको मुखको क्यान्सरको जाँच र स्तन क्यान्सरको जाँच गर्नका लागि महिला विशेषज्ञहरु सहित एक्सरे गर्नुपर्ने बिरामीलाई भक्तपुर अस्पतालमा लगेर जाँच गरिएको जानकारी दिनुभयो । शिविरबाट ७४ जना महिला मध्य ५ जनाको पाठेघर खसेको र ३ जना महिलामा पाठेरघरको मुखमा मासुपलाएको अप्रेसन भक्तपुर अस्पतालले निःशुल्क गर्ने बताउनुभयो ।समुदायको मनमा बस्दै भक्तपुर अस्पतालः पाटीभञ्ज्याङ शिविरबाट १ सय ८१ जनामा ८ जनाको निःशुल्क शल्यक्रिया गर्ने

शिविरमा जति सेवा पाइन्छ त्यो समग्रमा सम्पूर्ण किसिमको सेवा हुने हुदाँ धेरै जनाको उपस्थिति रहेको जानकारी दिदै यसरी घरदैलोमा आएर सेवा प्रदान गर्न पाउदाँ भक्तपुर अस्पतालको तर्फबाट आफू पनि निकै खुसी भएको निर्देशक गौतमले बताउँनुभयो । भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालन गरिएको शिविरमा १२ जना महिलामा पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको बताउँदै विरामीले भक्तपुर अस्पतालमा निःशुल्क उपचार गर्न पाउने निर्देशक डाक्टर गौतमले जानकारी समेत दिनुभयो ।

कार्यक्रम वडाबासीको लागि एकदमै आवश्यक भएकाले शिविरबाट प्रत्यक्षरुपमा वडाबासीलाई सहयोग पुग्ने वडा नं ८ का वडा अध्यक्ष पुस्पराज वस्नेतले बताउनुभयो । स्थानीयबासिन्दाहरु सानो स्वास्थ्य समस्या हुदाँ पनि जगाती वा सूर्यविनायक चोक जानुपर्ने बाध्यता रहेको अवस्थामा सिपाडोल आधारभूत स्वास्थ्य संस्थाले उक्त बाध्यतालाई निर्मूल पारेको तर्क गर्नुभयो ।आफू

वडा अध्यक्ष बस्नेतले बस्ती ठूलो भएपनि जनघनत्व कम भएका कारण थोरै महिलाहरुको उपस्थिति भए पनि शिविर प्रभावकारी हुने बताउँदै शिविर सञ्चालन गर्ने आयोजक भक्तपुर अस्पताल र सम्पुर्ण टिमलाई धन्यवाद दिनुभयो । कार्यक्रममा भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले समुदायसँग भक्तपुर अस्पताल जोडिने कार्यअन्तर्गत शिविर सञ्चालन भएको बताउँनुभयो ।आफू

शुक्रबार चाँगुनारायणमा ३ सय सेवाग्राहीले सेवा प्राप्त गरेको जानकारी दिदै भक्तपुर अस्पताल समुदाय, वडामा चिनाउँन र सेवा विस्तार गर्न यो अभियानमा लागि रहेको बताउँनुभयो । शिविर सञ्चालन भएकोमा स्थानीय बासिन्दाहरुले खुशी मनाएका थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.