भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

राप्रपा भक्तपुर अध्यक्षमा अर्जुन कार्की निर्वाचित

राप्रपा  भक्तपुर अध्यक्षमा अर्जुन कार्की निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन् । आज सम्पन्न पार्टीको नवौँ जिल्ला अधिवेशनबाट उनको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

अध्यक्षमा निर्वाचित कार्कीले १९५ मत पाए । उनका निकतम प्रतिद्वन्द्वी रामशरण लामिछानेले ९२ मत प्राप्त गरे ।

पदाधिकारी तोक्ने र अरू ६ सदस्य मनोनयन गरेर ३१ सदस्यीय जिल्ला कार्यसमिति बनाउने निर्णय गरिएको राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले जानकारी दिए । -रासस

 


Thali Mobile Pvt.Ltd.