भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चुनावको मुखमा भक्तपुरबाट इन्सास राइफल र गोलीसहित एकजना पक्राउ

चुनावको मुखमा भक्तपुरबाट इन्सास राइफल र गोलीसहित एकजना पक्राउ

भक्तपुर, १९ फाल्गुन । चुनाव नजिकिँदै गर्दा भक्तपुरबाट इन्सास राइफल र गोलीसहित एकजना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट ३१ वर्षीय आयन सेढाईंलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बस्दै आएका सेढाईंको साथबाट सेल्फ लोडेड राइफल (इन्सास) एक थान र चार राउन्ड गोली बरामद गरिएको छ । 

सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनको साथबाट रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने एक राउन्ड गोली, एक खुकुरी र एक बञ्चरोसमेत बरामद गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.