भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

चुनावको मुखमा भक्तपुरबाट इन्सास राइफल र गोलीसहित एकजना पक्राउ

चुनावको मुखमा भक्तपुरबाट इन्सास राइफल र गोलीसहित एकजना पक्राउ

भक्तपुर, १९ फाल्गुन । चुनाव नजिकिँदै गर्दा भक्तपुरबाट इन्सास राइफल र गोलीसहित एकजना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट ३१ वर्षीय आयन सेढाईंलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बस्दै आएका सेढाईंको साथबाट सेल्फ लोडेड राइफल (इन्सास) एक थान र चार राउन्ड गोली बरामद गरिएको छ । 

सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनको साथबाट रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने एक राउन्ड गोली, एक खुकुरी र एक बञ्चरोसमेत बरामद गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.