भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति

भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति

मुख्यबुँदा

भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको योगदान महत्वपूर्ण

शिक्षा विज्ञको सुझावअनुसार नगरपालिकाले सुधारका प्रयास जारी

भक्तपुर ज्ञान र विज्ञानको केन्द्रका रूपमा विकास हुँदै

विद्यार्थीलाई अनुशासित र मेहनती बनाउनुपर्नेमा जोड

विभिन्न कलेजका प्राचार्यहरूको सहभागितामा छलफल सम्पन्न

भक्तपुर, १० वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको शैक्षिक गुणस्तर माथि उठाउन प्राध्यापकहरूको महत्वपूर्ण योगदान रहेको बताएका छन्।

उच्च शिक्षाको वर्तमान अवस्थाबारे छलफल गर्न भक्तपुर नगरभित्र सञ्चालनमा रहेका कलेजका प्राचार्यहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले शिक्षा विज्ञहरूको सल्लाह सुझावअनुसार भक्तपुर नगरपालिकाले शैक्षिक गुणस्तर कायम राख्न निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै भक्तपुर ज्ञान र विज्ञानको केन्द्रका रूपमा विकास हुँदै गएको बताए।

मेयर प्रजापतिले प्राध्यापकहरूले आफ्नो–आफ्नो विज्ञता अनुसार अध्यापन गरेकाले भक्तपुरको शिक्षा तुलनात्मक रूपमा राम्रो बन्दै गएको उल्लेख गरे। उनले भक्तपुर शैक्षिक क्षेत्रका लागि आकर्षणको केन्द्र बन्दै गएको बताउँदै विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि उनीहरूलाई अनुशासित र मेहनती बनाउन सिकाउनुपर्नेमा जोड दिए।

बैठकमा ईवामुरा कलेज अफ हेल्थ साइन्स, मर्डन कलेज, ख्वप कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ ल, ख्वप माध्यमिक विद्यालय, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, बागीश्वरी कलेज अफ म्यानेजमेन्ट तथा बागीश्वरी कलेजलगायत विभिन्न कलेजका प्राचार्यहरूको उपस्थिति रहेको थियो।

 


Thali Mobile Pvt.Ltd.