भर्खरै : Sorry, your browser does not support inline SVG.
एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण | महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो |

साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की

साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की

मुख्य बुँदा

नेपालमा साइबर अपराध तीव्र गतिमा बढ्दै

महिला र युवा वर्ग बढी प्रभावित

फेक एकाउन्ट, बुलिङ र वित्तीय अपराधका हजारौँ उजुरी

सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान ढिलो

प्रयोगकर्ता विवरण पाउन २०–२५ दिन लाग्ने समस्या

साइबर अपराध नियन्त्रणका लागि स्पष्ट कानुन र प्लेटफर्म दर्ताको माग

काठमाण्डौ, १० वैशाख । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा साइबर अपराध तीव्र गतिमा बढिरहेको बताएका छन्। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले इन्टरनेट र मोबाइलको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनामा उल्लेख्य वृद्धि भएको जानकारी दिएका हुन्।

उनका अनुसार साइबर अपराधबाट विशेषगरी महिला र युवा वर्ग बढी प्रभावित भएका छन्। हालसम्म फेक एकाउन्टमार्फत घृणा फैलाउने ४ हजारभन्दा बढी निवेदन, साइबर बुलिङ तथा उत्पीडनका ३ हजारभन्दा बढी घटना र वित्तीय अपराधसम्बन्धी १० हजारभन्दा बढी उजुरी प्रहरीमा दर्ता भएका छन्।

आईजीपी कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरू विदेशी कम्पनीद्वारा सञ्चालित भएकाले अनुसन्धानका लागि आवश्यक विवरण प्राप्त गर्न चुनौती हुने गरेको बताए। फेसबुक, इन्स्टाग्रामलगायत मेटा कम्पनीका प्लेटफर्महरू नेपालमा दर्ता नभएकाले प्रयोगकर्ताको विवरण प्राप्त गर्न २० देखि २५ दिनसम्म लाग्ने र यसले अनुसन्धानमा ढिलाइ हुँदा पीडितले समयमै न्याय पाउन कठिन हुने अवस्था रहेको उनले बताए।

हालसम्म टिकटक, भाइबर, निम्बज, विटक र कपोकोलाइभ मात्र नेपालमा आधिकारिक रूपमा दर्ता भएका छन्। साइबर अपराध नियन्त्रणका लागि स्पष्ट कानुनी व्यवस्था गर्न तथा डिजिटल प्लेटफर्महरूलाई नेपालमा दर्ता गराउन आवश्यक रहेको आईजीपी कार्कीले बताए।

Mohotsav


Thali Mobile Pvt.Ltd.