भर्खरै : Sorry, your browser does not support inline SVG.

सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ, १० बैशाख । सरकारले सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयको अध्ययन गर्न कार्यदल गठन गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो।

सरकारी निकायहरूमा प्रयोग भइरहेका सफ्टवेयर प्रणाली, सूचना प्रविधि संरचना तथा तिनको प्रभावकारितासम्बन्धी अध्ययन गरी आवश्यक सुधारका लागि सुझाव दिने उद्देश्यले उक्त कार्यदल गठन गरिएको जनाइएको छ।

कार्यदलले सरकारी कार्यालयहरूमा प्रयोग भइरहेका सूचना प्रविधि प्रणालीको अवस्था, कार्यक्षमता तथा व्यवस्थापनसम्बन्धी पक्षको अध्ययन गरी आगामी दिनमा सूचना प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउने उपायहरू सुझाउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.