भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

भारत–पाकिस्तानबीच सीमामा सैनिक घटाउने सहमति, युद्धविरामपछि पहिलो वार्ता

भारत–पाकिस्तानबीच सीमामा सैनिक घटाउने सहमति, युद्धविरामपछि पहिलो वार्ता

काठमाडौं, ३० बैशाख । भारत र पाकिस्तानबीचको पछिल्लो युद्धविरामपछि दुवै देशका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन्स (DGMO) बीच महत्त्वपूर्ण वार्ता सम्पन्न भएको छ। साेमबार भएको वार्तामा दुबै पक्षले सीमा क्षेत्रबाट सैनिक घटाउने, आक्रामणा नगर्ने र एक–अर्काविरुद्ध गोली नचलाउने सहमति गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, वार्तामा दुबै देशले तनाव कम गर्ने विषयमा गम्भीर छलफल गरेका छन्। शनिबार युद्धविरामको औपचारिक घोषणा भए पनि सीमामा तनाब कायमै थियो। वार्तापछि अब सैनिक संख्या घटाउने र आक्रामक गतिविधि नगर्ने प्रतिबद्धता दुबै देशले जनाएका छन्।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले “अपरेशन सिन्दुर” स्थगित मात्र भएको बताउँदै पाकिस्तानका हरेक गतिविधिमाथि निगरानी गरिने बताएका छन्। उनले कुनै किसिमको आणविक दबाब (nuclear blackmail) स्वीकार्य नहुने स्पष्ट पारे।

भारतले २२ मार्चमा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ पर्यटकको मृत्युपछि पाकिस्तानविरुद्ध सैन्य कारबाही थालेको थियो। तीमध्ये एक नेपाली नागरिक सन्दीप न्यौपाने पनि थिए। त्यसको १५ दिनपछि भारतले आक्रमण रोक्दै वार्ता प्रक्रिया सुरु गरेको हो।

दुवै देशबीचको यो सहमति लामो समयदेखि चलेको तनावमा केही राहत ल्याउने विश्वास गरिएको छ। तथापि, स्थायी शान्तिको लागि अझ गहिरो कूटनीतिक पहल आवश्यक हुने जानकारहरू बताउँछन्।

 


Thali Mobile Pvt.Ltd.