भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति

सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति

काठमाडौं, १४ असाेज । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवा विधेयकसँगै पशु वधशाला तथा मासु जाँचसम्बन्धी ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेका विधेयक पनि संसदमा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

सङ्घीय निजामती सेवा विधेयक लोक सेवा आयोगबाट राय तथा परामर्श लिएपछि मन्त्रिपरिषद्मा लगिएको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि अब विधेयक संघीय संसदमा दर्ता हुने प्रक्रिया अघि बढ्नेछ ।

बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २ करोड ७ लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, कमला–ढल्केबर–पथलैया सडकखण्ड, जलविद्युत् आयोजना तथा सुरक्षा निकायका केही संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्ले दुई सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापनसमेत गरेको छ । आभा श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव र डा. जगदीश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.