भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कार्यालय खाली गरेर ९ जना कर्मचारी भारत भ्रमणमा

कार्यालय खाली गरेर ९ जना कर्मचारी भारत भ्रमणमा

काठमाडौं । ‘विकास, सुशासन र समृद्धि ।’ नारा नारामै सिमित हुन थालेको छ । प्रधानमन्त्री ओलीले सरकारी कामकारबाहीलाई छिटो, छरितो र पारदर्शी बनाउने निर्देशन दिएकै बेला सरकारी कार्यालयका कर्मचारी मनमौजी गर्न थालेका छन् । त्यसको पछिल्लो उदाहरण हो– कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको उदयपुरस्थित पूर्वाधार विकास कार्यालय ।यस कार्यालयका नौ जना कर्मचारी कार्यालय नै खाली बनाएर एकै पटक भारतको गोवा भ्रमणमा निस्केका छन् ।

सेवाग्राहीहरूले कार्यालयमा कर्मचारीहरू नभेटेपछि मुख्यमन्त्रीसँग गुहार माग्नुपरेको अवस्था छ । भदौ २५ गते मंगलबार कार्यालयमा हाजिर गरेर निस्केका यति धेरै सङ्ख्याका कर्मचारीहरूको लापरबाही हदै सम्मको देखिएको छ । बिदासमेत कार्यालय प्रमुखबाट स्वीकृत नगरी मनलाग्दी ढङ्गले विदेश भ्रमणमा निस्किनु गैर जिम्मिेवारीको पराकाष्टा हो ।

कार्यालय प्रमुख ललित कुमार चौधरी मन्त्रालयको कामले विराटनगर गएका बेला नौ जना स्थायी र ज्यालादारी कर्मचारीहरू एकसाथ बिदाको निवेदन लेखेर कार्यालयको टेबलमा छोडेर घुमघाम गर्न हिँडेको पाइएको छ ।

बिदा स्वीकृत नगरी भ्रमणमा जानेहरू
आठौँ तहका इन्जिनियर मनोजकुमार ठाकुर
छैटौँ तहका इन्जिनियर रिपुमर्दन खड्का प्रशासनका नवराज गिरी
सब इन्जिनियरहरू ईश्वर पुरी
किरण विष्ट
यादव प्रसाद वाग्ले
इन्जिनियर प्रजन गौतम
सोसल मोविलाइजर विवेकानन्द झा
र कार्यालय सहयोगी मनोज दनुवार रहेका छन् ।
छुटाछुटै बिदाको निवेदन लेखेर कार्यालयमा छाडेका हिडेका उनीहरु बिदा निवेदनमा कसैले बिरामी परेको र कसैले घरायसी कामको बहाना बनाएका छन् । असोज ६ गते कार्यालयमा हाजिर हुने आन्तरिक रूपमा लेखेका छन् । स्थायी दरबन्दीका प्राय सबै कर्मचारी बिदामा बसेपछि करारका केही कर्मचारीमात्र कार्यालयमा आउने जाने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.