भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कार्यालय खाली गरेर ९ जना कर्मचारी भारत भ्रमणमा

कार्यालय खाली गरेर ९ जना कर्मचारी भारत भ्रमणमा

काठमाडौं । ‘विकास, सुशासन र समृद्धि ।’ नारा नारामै सिमित हुन थालेको छ । प्रधानमन्त्री ओलीले सरकारी कामकारबाहीलाई छिटो, छरितो र पारदर्शी बनाउने निर्देशन दिएकै बेला सरकारी कार्यालयका कर्मचारी मनमौजी गर्न थालेका छन् । त्यसको पछिल्लो उदाहरण हो– कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको उदयपुरस्थित पूर्वाधार विकास कार्यालय ।यस कार्यालयका नौ जना कर्मचारी कार्यालय नै खाली बनाएर एकै पटक भारतको गोवा भ्रमणमा निस्केका छन् ।

सेवाग्राहीहरूले कार्यालयमा कर्मचारीहरू नभेटेपछि मुख्यमन्त्रीसँग गुहार माग्नुपरेको अवस्था छ । भदौ २५ गते मंगलबार कार्यालयमा हाजिर गरेर निस्केका यति धेरै सङ्ख्याका कर्मचारीहरूको लापरबाही हदै सम्मको देखिएको छ । बिदासमेत कार्यालय प्रमुखबाट स्वीकृत नगरी मनलाग्दी ढङ्गले विदेश भ्रमणमा निस्किनु गैर जिम्मिेवारीको पराकाष्टा हो ।

कार्यालय प्रमुख ललित कुमार चौधरी मन्त्रालयको कामले विराटनगर गएका बेला नौ जना स्थायी र ज्यालादारी कर्मचारीहरू एकसाथ बिदाको निवेदन लेखेर कार्यालयको टेबलमा छोडेर घुमघाम गर्न हिँडेको पाइएको छ ।

बिदा स्वीकृत नगरी भ्रमणमा जानेहरू
आठौँ तहका इन्जिनियर मनोजकुमार ठाकुर
छैटौँ तहका इन्जिनियर रिपुमर्दन खड्का प्रशासनका नवराज गिरी
सब इन्जिनियरहरू ईश्वर पुरी
किरण विष्ट
यादव प्रसाद वाग्ले
इन्जिनियर प्रजन गौतम
सोसल मोविलाइजर विवेकानन्द झा
र कार्यालय सहयोगी मनोज दनुवार रहेका छन् ।
छुटाछुटै बिदाको निवेदन लेखेर कार्यालयमा छाडेका हिडेका उनीहरु बिदा निवेदनमा कसैले बिरामी परेको र कसैले घरायसी कामको बहाना बनाएका छन् । असोज ६ गते कार्यालयमा हाजिर हुने आन्तरिक रूपमा लेखेका छन् । स्थायी दरबन्दीका प्राय सबै कर्मचारी बिदामा बसेपछि करारका केही कर्मचारीमात्र कार्यालयमा आउने जाने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.