भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज विद्युत् अवरूद्ध हुने

आज विद्युत् अवरूद्ध हुने

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा आज विद्युत् अवरूद्ध हुने भएको छ ।

रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने जनाएको छ ।

असन फिडर अन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

महाबौध्द सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशन भित्र, विशाल बजार अगाडि, गणेश ,स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेड सम्मका क्षेत्रमा बिहान ८

बजेदेखि दिउँसो २ बजेसम् विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने भएको हो ।

 


Thali Mobile Pvt.Ltd.