भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

विद्यार्थी आन्दोलन दबाउने प्रयास असफल बनाइने : सांसद ऐन महरको चेतावनी

विद्यार्थी आन्दोलन दबाउने प्रयास असफल बनाइने : सांसद ऐन महरको चेतावनी

काठमाडौं, ६ वैशाख । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिबन्ध लगाउने सरकारको कुनै पनि प्रयास असफल हुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्यार्थी आन्दोलनलाई लोकतन्त्रको प्रमुख पहरेदारका रूपमा व्याख्या गरे । विद्यार्थी संगठनलाई खारेज गर्ने चर्चा ‘बेतुका’ भएको टिप्पणी गर्दै उनले त्यसप्रति कडा असहमति जनाए । सांसद महरले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रियता र स्वाधीनताप्रति सरकार संवेदनशील नभएको आरोप लगाए । सरकारद्वारा प्रस्तावित शासकीय सुधारअन्तर्गत बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेज गर्ने संकेत रहेको उनको भनाइ थियो ।

उनले उक्त विषयमा विद्यार्थी नेतृत्व अझै मौन रहेकोप्रति प्रश्न उठाउँदै आवश्यक परे आन्दोलनलाई थप सशक्त बनाउन आह्वान गरे । “तपाईंहरू सडकमा आउनुहोस्, हामी सबै मोर्चाबाट साथ दिन्छौं,” उनले भने, “आवश्यक परे सांसदको लोगो फुकालेर पनि तपाईंहरूसँगै सडकमा आउन तयार छु ।” गणतन्त्र स्थापना संघर्षमा विद्यार्थीको अग्रणी भूमिका स्मरण गर्दै उनले वर्तमान व्यवस्थामा विद्यार्थी आन्दोलनलाई निष्क्रिय बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे ।

साथै, उनले नेपालको संविधानको धारा ३१ मा व्यवस्था गरिएको शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई विद्यार्थी आन्दोलनको मुख्य एजेण्डा बनाउन सुझाव दिए ।

 

 


Thali Mobile Pvt.Ltd.