भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विद्यार्थी आन्दोलन दबाउने प्रयास असफल बनाइने : सांसद ऐन महरको चेतावनी

विद्यार्थी आन्दोलन दबाउने प्रयास असफल बनाइने : सांसद ऐन महरको चेतावनी

काठमाडौं, ६ वैशाख । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिबन्ध लगाउने सरकारको कुनै पनि प्रयास असफल हुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्यार्थी आन्दोलनलाई लोकतन्त्रको प्रमुख पहरेदारका रूपमा व्याख्या गरे । विद्यार्थी संगठनलाई खारेज गर्ने चर्चा ‘बेतुका’ भएको टिप्पणी गर्दै उनले त्यसप्रति कडा असहमति जनाए । सांसद महरले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रियता र स्वाधीनताप्रति सरकार संवेदनशील नभएको आरोप लगाए । सरकारद्वारा प्रस्तावित शासकीय सुधारअन्तर्गत बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेज गर्ने संकेत रहेको उनको भनाइ थियो ।

उनले उक्त विषयमा विद्यार्थी नेतृत्व अझै मौन रहेकोप्रति प्रश्न उठाउँदै आवश्यक परे आन्दोलनलाई थप सशक्त बनाउन आह्वान गरे । “तपाईंहरू सडकमा आउनुहोस्, हामी सबै मोर्चाबाट साथ दिन्छौं,” उनले भने, “आवश्यक परे सांसदको लोगो फुकालेर पनि तपाईंहरूसँगै सडकमा आउन तयार छु ।” गणतन्त्र स्थापना संघर्षमा विद्यार्थीको अग्रणी भूमिका स्मरण गर्दै उनले वर्तमान व्यवस्थामा विद्यार्थी आन्दोलनलाई निष्क्रिय बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे ।

साथै, उनले नेपालको संविधानको धारा ३१ मा व्यवस्था गरिएको शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई विद्यार्थी आन्दोलनको मुख्य एजेण्डा बनाउन सुझाव दिए ।

 

 


Thali Mobile Pvt.Ltd.