भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन, समानुपातिक सांसदलाई जिम्मेवारी दिने निर्णय

वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन, समानुपातिक सांसदलाई जिम्मेवारी दिने निर्णय

काठमाडौं, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन सञ्चालन गर्ने औपचारिक निर्णय गरेको हो। यसअघि नै सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरिसकेको थियो । यस्तै, रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रहरूमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ। सचिवालय बैठकले यस्तो निर्णय गर्दै संगठनलाई प्रभावकारी बनाउने रणनीति अघि सारेको हो ।

पार्टीका प्रवक्ता मनिष झाले जिल्ला तथा निर्वाचन क्षेत्र अनुसार जिम्मेवारी तोकिएको सूची भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरिने जानकारी दिए ।

रास्वपाले संगठन सुदृढीकरण र देशभर पार्टी संरचना विस्तार गर्ने लक्ष्यसहित यी निर्णयहरू लिएको जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.