भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको नेमकिपाद्वारा निन्दा

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको नेमकिपाद्वारा निन्दा

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले इरानमाथि भएको अमेरिकी र इजरायली संयुक्त आक्रमणको कडा निन्दा गरेको छ । पार्टीले उक्त आक्रमणले मध्यपूर्व मात्र नभई विश्वमै युद्ध र अस्थिरताको खतरा बढाएको जनाएको छ ।

बुधबार जारी प्रेस वक्तव्यमा २८ फेब्रुअरीका दिन तेहरानमा अमेरिकी प्रशासन र इजरायली सरकारको संयुक्त आक्रमणबाट इरानका उच्च नेतासहित अन्य व्यक्तिहरूको हत्या भएको उल्लेख गरिएको छ । इरानको मिनाविरतस्थित एक प्राथमिक विद्यालयमा बम आक्रमण हुँदा सयौँभन्दा बढी विद्यार्थी प्रभावित भएको पनि वक्तव्यमा भनिएको छ ।

पार्टीले विगत ४५ वर्षदेखि अमेरिकासहित पश्चिमी देशहरूले इरानमाथि आर्थिक नाकाबन्दी, दबाब र हस्तक्षेप गर्दै आएको आरोप लगाएको छ । नेमकिपाले स्वतन्त्र र सार्वभौम देशमाथि भएको यस्तो सैन्य आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएकाे जनाएकाे हो । वक्तव्यमा अमेरिकन साम्राज्यवाद र इजरायली सरकारको युद्धोन्मुख नीतिले मध्यपूर्वलाई अस्थिर बनाउँदै विश्वशान्तिमा खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ ।

पार्टीले यस्तो आक्रमण तत्काल रोक्न र वार्ता तथा अन्य शान्तिपूर्ण उपायमार्फत समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत गरेको छ । इरानको आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा उत्पादनका लागि भएको दाबी गर्दै नेमकिपाले त्यसलाई बहानाबनाई गरिएको सैन्य आक्रमण अस्वीकार्य रहेको जनाएको छ ।

पार्टीले साना स्वतन्त्र राष्ट्रहरूमाथि हुने हस्तक्षेप र दबाबको विरोधमा विश्वव्यापी एकता आवश्यक रहेको पनि उल्लेख गरेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.