भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको नेमकिपाद्वारा निन्दा

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको नेमकिपाद्वारा निन्दा

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले इरानमाथि भएको अमेरिकी र इजरायली संयुक्त आक्रमणको कडा निन्दा गरेको छ । पार्टीले उक्त आक्रमणले मध्यपूर्व मात्र नभई विश्वमै युद्ध र अस्थिरताको खतरा बढाएको जनाएको छ ।

बुधबार जारी प्रेस वक्तव्यमा २८ फेब्रुअरीका दिन तेहरानमा अमेरिकी प्रशासन र इजरायली सरकारको संयुक्त आक्रमणबाट इरानका उच्च नेतासहित अन्य व्यक्तिहरूको हत्या भएको उल्लेख गरिएको छ । इरानको मिनाविरतस्थित एक प्राथमिक विद्यालयमा बम आक्रमण हुँदा सयौँभन्दा बढी विद्यार्थी प्रभावित भएको पनि वक्तव्यमा भनिएको छ ।

पार्टीले विगत ४५ वर्षदेखि अमेरिकासहित पश्चिमी देशहरूले इरानमाथि आर्थिक नाकाबन्दी, दबाब र हस्तक्षेप गर्दै आएको आरोप लगाएको छ । नेमकिपाले स्वतन्त्र र सार्वभौम देशमाथि भएको यस्तो सैन्य आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएकाे जनाएकाे हो । वक्तव्यमा अमेरिकन साम्राज्यवाद र इजरायली सरकारको युद्धोन्मुख नीतिले मध्यपूर्वलाई अस्थिर बनाउँदै विश्वशान्तिमा खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ ।

पार्टीले यस्तो आक्रमण तत्काल रोक्न र वार्ता तथा अन्य शान्तिपूर्ण उपायमार्फत समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत गरेको छ । इरानको आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा उत्पादनका लागि भएको दाबी गर्दै नेमकिपाले त्यसलाई बहानाबनाई गरिएको सैन्य आक्रमण अस्वीकार्य रहेको जनाएको छ ।

पार्टीले साना स्वतन्त्र राष्ट्रहरूमाथि हुने हस्तक्षेप र दबाबको विरोधमा विश्वव्यापी एकता आवश्यक रहेको पनि उल्लेख गरेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.