भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत मुख्य नदीको किनारका वस्तीमा डुवानमा

बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत मुख्य नदीको किनारका वस्तीमा डुवानमा

काठमाण्डौ । नदी किनारासम्मै पानी आइपुग्दा नजिकका बस्ती डुबानमा परेका छन् । शुक्रवारदेखि नियमित परिरहेको पानीका कारण काठमाण्डौका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत मुख्य नदीको किनारका वस्तीमा पानी पस्दा डुवानमा परेका हुन ।

वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुर थिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीको सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ ।

बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चार वटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन । बाग्मती नदी थापाथली र बल्खुको सुकुम्बासी बस्तीमा पसेपछि विजोग भएको छ ।

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।

अविरल वर्षाका कारण काठमाण्डौ उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । नदी किनारामा रहेका व्यक्तिहरूलाई उच्च सतर्क रहन आग्रह गर्दै बाढीजन्य विपद् परेमा महानगरपालिकाका हटलाइन १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न काठमाण्डौ महानगरपालिकाले अनुरोध गरेको छ ।

असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै सबै प्रदेशका धेरै ठाउँहरूमा हल्कादेखि मध्यम र केही ठाउँहरूमा ठूलो पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.