भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

बलात्कार आरोपमा श्रीमान पक्राउ, दुई जना फरार

बलात्कार आरोपमा श्रीमान पक्राउ, दुई जना फरार

हेटौंडा । मकवानपुर मनहरी गाउँपालिकामा ५० वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पीडित महिलाले दिएको उजुरीका आधारमा उनका श्रीमान पक्राउ परेका छन् । असोज ३० गते मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा ती महिलामाथि उनका श्रीमान र दुई अन्य किशोरले सामूहिक बलात्कार गरेको महिलाले उजुरीमा उल्लेख गरेकी छन् ।

रातको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको उनले बताएकी छन् । प्रहरीले श्रीमानलाई पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ भने आरोपित दुई युवा फरार रहेका छन् । पीडित महिलाले दुई किशोरको उमेर १९ र २० वर्ष हुनसक्ने बताएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

डीएसपी अर्यालले भने, ‘महिलाले श्रीमानसहित दुई जना किशोरले बलात्कार गरेको बताउनुभएको छ । किशोरहरुलाई आफू नचिन्ने बताउनुभएको छ । दोषी पत्ता लगाउन हामीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौं ।’ अहिले पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ । स्वास्थ्य अवस्था ठीक रहेको डिएसपी अर्यालले बताए ।

 


Thali Mobile Pvt.Ltd.