भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बलात्कार आरोपमा श्रीमान पक्राउ, दुई जना फरार

बलात्कार आरोपमा श्रीमान पक्राउ, दुई जना फरार

हेटौंडा । मकवानपुर मनहरी गाउँपालिकामा ५० वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पीडित महिलाले दिएको उजुरीका आधारमा उनका श्रीमान पक्राउ परेका छन् । असोज ३० गते मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा ती महिलामाथि उनका श्रीमान र दुई अन्य किशोरले सामूहिक बलात्कार गरेको महिलाले उजुरीमा उल्लेख गरेकी छन् ।

रातको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको उनले बताएकी छन् । प्रहरीले श्रीमानलाई पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ भने आरोपित दुई युवा फरार रहेका छन् । पीडित महिलाले दुई किशोरको उमेर १९ र २० वर्ष हुनसक्ने बताएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

डीएसपी अर्यालले भने, ‘महिलाले श्रीमानसहित दुई जना किशोरले बलात्कार गरेको बताउनुभएको छ । किशोरहरुलाई आफू नचिन्ने बताउनुभएको छ । दोषी पत्ता लगाउन हामीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौं ।’ अहिले पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ । स्वास्थ्य अवस्था ठीक रहेको डिएसपी अर्यालले बताए ।

 


Thali Mobile Pvt.Ltd.