भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

सूर्यविनायकबाट पाँंचजना पक्राउ

सूर्यविनायकबाट पाँंचजना पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ गणेश मन्दिर नजिकै प्याचा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

आज दिउसो प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले पैसासहित प्याचा खेल खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट ३ लाख ५६ हजार पाँच सय नगदसहित नियन्त्रणमा लिएको हो ।

अहिले थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाँउपालिका वडा न ६ घर भई हाल काठमाण्डौं बालुवाटार बस्ने बर्ष २८ का दिनेश दाहाल, भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं ५ बस्ने बर्ष ४० का शिवराम श्रेष्ठ, वडा नं ५ बस्ने बर्ष ४३ का राजु नकर्मी, उमेश श्रेष्ठ र मध्यपुर ठिमी नगरपालिका वडा नं ५ कै ५३ बर्षिया पदम श्रेष्ठ रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.