भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सूर्यविनायकबाट पाँंचजना पक्राउ

सूर्यविनायकबाट पाँंचजना पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ गणेश मन्दिर नजिकै प्याचा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

आज दिउसो प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले पैसासहित प्याचा खेल खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट ३ लाख ५६ हजार पाँच सय नगदसहित नियन्त्रणमा लिएको हो ।

अहिले थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाँउपालिका वडा न ६ घर भई हाल काठमाण्डौं बालुवाटार बस्ने बर्ष २८ का दिनेश दाहाल, भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं ५ बस्ने बर्ष ४० का शिवराम श्रेष्ठ, वडा नं ५ बस्ने बर्ष ४३ का राजु नकर्मी, उमेश श्रेष्ठ र मध्यपुर ठिमी नगरपालिका वडा नं ५ कै ५३ बर्षिया पदम श्रेष्ठ रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.