भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

बीपी राजमार्गमा जोखिम मोलेर गाडी चलाउने पाँच चालक पक्राउ

बीपी राजमार्गमा जोखिम मोलेर गाडी चलाउने पाँच चालक पक्राउ

काठमाडौँ, २२ बैशाख । बीपी राजमार्ग मा सुरक्षाका लागि रोक लगाउँदा समेत अटेर गरी गाडी चलाउने पाँच जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वर्षापछि रोशी खोला मा पानीको बहाव बढेपछि सवारी आवागमनमा रोक लगाइएको थियो। तर उक्त सूचनालाई बेवास्ता गर्दै चालकहरूले गाडी चलाउँदा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

हिजो भएको घटनामा खोला पार गर्ने क्रममा पाँच वटा सवारीसाधन बीचमै फसेका थिए। फसेका सवारीबाट ८९ जना यात्रुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना को संयुक्त टोलीले उद्धार गरी सुरक्षित गन्तव्यसम्म पुर्‍याएको थियो।

प्रहरीका अनुसार बा ४ ख ५२६१, बा ४ ख ६३५५, बा ५ ख ३१५८, बाग्मती प्रदेश ०१–००६ ख ७५९६ र बाग्मती प्रदेश ०८–००१ ख ००७७ नम्बरका सवारीसाधनलाई समेत सुरक्षित स्थानमा सारिएको छ।

यात्रुको ज्यान जोखिममा पार्दै सवारी चलाएको आरोपमा पक्राउ परेका चालकहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.