बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज

बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज

काभ्रे, २४ असाेज । लेदो र गेग्रान थुप्रिएर अवरुद्ध बनेको बीपी राजमार्गको काभ्रे खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । काभ्रेको रोशी गाउँपालिका–९ स्थित पिन्थलीबेँसी र नार्के क्षेत्रमा लेदो तथा गेग्रान थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

गएराति परेको वर्षाका कारण रोशी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो । त्यसपछि बिहान एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक अहिले दुवैतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सडक दुईतर्फी सञ्चालनमा आएसँगै उक्त खण्डमा सवारी आवागमन सहज भएको छ ।

 


Thali Mobile Pvt.Ltd.