बुटवल, २७ वैशाख । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने भएको छ। यसका लागि लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
कोषले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख २८ देखि ३० गतेसम्म रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाहरूमा कार्यक्रमहरू सञ्चालन हुने जानकारी दिएको हो। कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार बुद्ध जयन्तीलाई त्रिविध पुण्य तिथिका रूपमा तीन दिनसम्म विशेष कार्यक्रमसहित मनाइनेछ।
गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको बौद्ध पूर्णिमाको ऐतिहासिक महत्त्वका कारण बुद्ध जयन्तीलाई विशेष रूपमा मनाउन लागिएको हो। यस पटक लुम्बिनी, रामग्राम, तिलौराकोट, देवदहलगायत स्थानमा सरसफाइ, दीप प्रज्वलन, नाट्य प्रस्तुति, रक्तदान, आँखा शिविर, शान्ति ध्यान, खेलकुद प्रतियोगिता तथा शाकाहारी खाना महोत्सवजस्ता कार्यक्रम आयोजना गरिने छन्।
यस वर्ष बुद्ध जयन्ती मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल समिति गठन गरिएको छ। साथै विभिन्न व्यवस्थापन, सुरक्षा, प्रचारप्रसार, शोभायात्रा, भोजन व्यवस्थापन, सरसफाइ, प्रकाशनलगायतका उपसमितिहरू समेत गठन गरिएको छ।
वैशाख २९ गते लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुनेछ। सोही दिन विहान ६ बजे प्रार्थना सभा र ७:३० बजे शोभायात्रा सञ्चालन हुनेछ।
वैशाख ३० गते बोधिसत्व सिद्धार्थको शोभायात्रा लुम्बिनीबाट कपिलवस्तुसम्म गरिनेछ, जसले बुद्धकालीन यात्रा मार्गको पुनः स्मरण गराउनेछ।
लुम्बिनी विकास कोषले बुद्ध जयन्तीको अवसरमा सबै नागरिकलाई दीप प्रज्वलन गरेर बुद्धको शिक्षाप्रति सम्मान प्रकट गर्न आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बागलुङ, २७ बैशाख । बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठे र वडा नम्बर ९ को मालारानीलाई जोड्ने नयाँ मोटरेबल पुल सञ्चालनमा आएको छ। पाँच वर्षअघि निर्माण थालिएको यो पुल गत महिना...
काठमाडौं, २७ बैशाख । नेपाल शिक्षक महासंघले २९ दिन लामो शैक्षिक हड्तालका कारण परेको शैक्षिक क्षतिको पूर्ति गर्न विद्यालयलाई हिउँदे वा बर्खे बिदामा व्यवस्था गर्न अनुरोध गरेको छ। महासंघले...
काठमाडौँ, २७ बैशाख । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज (२७ वैशाख)...
सुर्खेत, २७ बैशाख । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ स्थित पतेनी रोडमा रहेको ओली सुपरमार्टको गोदाममा भीषण आगलागी भएको छ। आगलागीबाट गोदाममा राखिएका करोडौं रुपैयाँ बराबरको सामान जलेर...