भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक, कार्यविभाजन नियमावलीदेखि भूमि संशोधनसम्म

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक, कार्यविभाजन नियमावलीदेखि भूमि संशोधनसम्म

काठमाडौं, ३० बैशाख । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन स्वीकृत गर्ने निर्णय पनि गरिएको छ।

त्यसैगरी सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा सुशील खड्का र योगेश गौचन थकाली लाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। बैठकले भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ लाई समेत स्वीकृति दिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.