भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक, कार्यविभाजन नियमावलीदेखि भूमि संशोधनसम्म

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक, कार्यविभाजन नियमावलीदेखि भूमि संशोधनसम्म

काठमाडौं, ३० बैशाख । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन स्वीकृत गर्ने निर्णय पनि गरिएको छ।

त्यसैगरी सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा सुशील खड्कायोगेश गौचन थकाली लाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। बैठकले भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ लाई समेत स्वीकृति दिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.