भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा विरोध, प्रतिपक्षद्वारा राजीनामाको माग

प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा विरोध, प्रतिपक्षद्वारा राजीनामाको माग

काठमाडौं, ३० बैशाख । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संसदमा उपस्थित भएपछि प्रतिपक्षी सांसदहरू आक्रोशित बनेका हुन्।

बैठक सुरु भएपछि सभामुख डोलप्रसाद अर्याल ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई बोल्न समय दिएसँगै प्रतिपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाह स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै नाराबाजी गरेका थिए। उनीहरूले प्रधानमन्त्री अनुपस्थित रहनु संसदप्रति गैरजिम्मेवार व्यवहार भएको आरोपसमेत लगाएका छन्।

विरोधका बीच सभामुख अर्यालले सांसदहरूलाई आफ्ना स्थानमा बस्न तथा संसदको कारबाही सञ्चालनमा सहयोग गर्न आग्रह गरिरहेका थिए। केही समय बैठक तनावपूर्ण बनेको थियो। संसदमा जारी अवरोधका कारण बैठकको कार्यसूची प्रभावित हुने सम्भावना देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.