भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा विरोध, प्रतिपक्षद्वारा राजीनामाको माग

प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा विरोध, प्रतिपक्षद्वारा राजीनामाको माग

काठमाडौं, ३० बैशाख । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संसदमा उपस्थित भएपछि प्रतिपक्षी सांसदहरू आक्रोशित बनेका हुन्।

बैठक सुरु भएपछि सभामुख डोलप्रसाद अर्याल ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई बोल्न समय दिएसँगै प्रतिपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाह स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै नाराबाजी गरेका थिए। उनीहरूले प्रधानमन्त्री अनुपस्थित रहनु संसदप्रति गैरजिम्मेवार व्यवहार भएको आरोपसमेत लगाएका छन्।

विरोधका बीच सभामुख अर्यालले सांसदहरूलाई आफ्ना स्थानमा बस्न तथा संसदको कारबाही सञ्चालनमा सहयोग गर्न आग्रह गरिरहेका थिए। केही समय बैठक तनावपूर्ण बनेको थियो। संसदमा जारी अवरोधका कारण बैठकको कार्यसूची प्रभावित हुने सम्भावना देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.