भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सगरमाथाको शिखरसम्म डोरी टाँग्ने काम सम्पन्न, आरोहणका लागि बाटो खुला

सगरमाथाको शिखरसम्म डोरी टाँग्ने काम सम्पन्न, आरोहणका लागि बाटो खुला

काठमाडौं, ३० बैशाख । यस वर्षको वसन्तकालीन आरोहणका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा सम्म पुग्ने बाटो खुलाइएको छ।दोस्रो शिविरभन्दा माथि डोरी टाँग्दै शिखरसम्म मार्ग निर्माण गर्न खटिएको अनुभवी शेर्पा टोली सफलतापूर्वक शिखरमा पुगेपछि आरोहणको बाटो खुला भएको हो।

डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको Expedition Operators Association of Nepal ले उक्त जानकारी दिएको छ। संस्थाका अनुसार मिङ्मा तेम्बा शेर्पाको नेतृत्वमा पासाङ नुर्बु शेर्पा र डेन्डी शेर्पासहितको टोली आज बिहान १० बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको हो। उनीहरूले शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न गरेका छन्।

सगरमाथा आरोहणका लागि हरेक सिजनमा डोरी टाँग्ने काम अत्यन्त महत्वपूर्ण मानिन्छ। अब आरोहीहरूले सोही डोरीको सहायताले शिखरतर्फ यात्रा गर्नेछन्। यस वर्ष खुम्बु आइसफल क्षेत्रमा पुरानो मार्ग अवरुद्ध भएपछि केही चुनौती देखिएको थियो। पछि आइसफल डाक्टरहरूले नयाँ मार्ग खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोही टोली खटाइएको थियो।

शिखरसम्म मार्ग खुलिसकेकोले अब मौसम अनुकूल भएपछि आरोहण अभियान तीव्र हुने अपेक्षा गरिएको छ। यस सिजनमा सगरमाथा आरोहणका लागि हालसम्म ४९२ जनाले अनुमति लिइसकेका छन्। सरकारले सगरमाथाबाट मात्रै रोयल्टीबापत १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको जनाएको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण हरेक वर्ष अन्तर्राष्ट्रिय चासोको विषय बन्ने गरेको छ।

 


Thali Mobile Pvt.Ltd.