भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

क्यानडाले भन्यो लोकतन्त्रको लागि चीनपछि भारत दोस्रो ठूलो खतरा

क्यानडाले भन्यो लोकतन्त्रको लागि चीनपछि भारत दोस्रो ठूलो खतरा

काठमाडौं । क्यानडाको एक संसदीय समितिको प्रतिवेदनले क्यानडाको लोकतन्त्रको लागि भारत दोस्रो ठूलो खतरा भएको दाबी गरिएको छ । पहिलो खतरामा चीनलाई राखिएको छ । प्रतिवेदनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले विदेशी हस्तक्षेपलाई गम्भीरताका साथ लिइएको बताएका छन् ।

नेसनल सिक्योरिटी एन्ड इन्टेलिजेन्स कमिटी अफ पार्लिमेन्टेरियनको प्रतिवेदनमा क्यानडाको लोकतन्त्रको लागि पहिलो खतरा चीन र दोस्रो भारतलाई देखाइएको हो । क्यानडाका प्रधानमन्त्री ट्रूडोले गत वर्ष खालिस्तानी हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको बताएपछि भारत र क्यानडाबीच सम्बन्ध बिग्रेको थियो ।

भारतलाई दोस्रो ठूलो खतरा उल्लेख गरिएको प्रतिवेदन यसै साता क्यानडाका संसद्मा प्रस्तुत गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.